मुगु जिल्लाको मुगुम कार्मारोङ गाँउपालिकामा नेपाल टेलिकमको फोरजी सेवा संचालन

  • Technology Khabar | २७ पुष २०८१, शनिबार
मुगु जिल्लाको मुगुम कार्मारोङ गाँउपालिकामा नेपाल टेलिकमको फोरजी सेवा संचालन

काठमाडौं ।

कर्णाली प्रदेशको मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिका-४ मा नेपाल टेलिकमले फोरजी सेवा पुस २५ गतेदेखि सञ्चालनमा ल्याएको छ।

फोरजी सेवा सञ्चालनमा आए पश्चात् मुगुम कार्मारोङ गाउँपालिकाका सबै वडाहरू अन्तर्गतका डोल्फु, पुलु, किम्री, कार्तिके, दारा, रिउसा गाउँका साथै सो क्षेत्रमा पर्ने पदयात्रा मार्गहरूमा समेत सेवाग्राहीहरू पहिलो पटक फोरजी सेवाबाट लाभान्वित भएका छन्।

नेपाल टेलिकमले दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।

प्रकाशित: २७ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • २७ पुष २०८१, शनिबार