भारतमा ‘इसरो’को नयाँ प्रमुखको नियुक्ति

  • Technology Khabar | २६ पुष २०८१, शुक्रबार
भारतमा ‘इसरो’को नयाँ प्रमुखको नियुक्ति

काठमाडौं ।

भारतको सङ्घीय सरकारले भी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को नयाँ प्रमुख र अन्तरिक्ष विभागको सचिवको रूपमा नियुक्त गरेको छ।

सरकारी आदेश अनुसार, नारायणनले जनवरी १४ मा पदभार ग्रहण गर्नेछन्। उनी वर्तमान इसरो अध्यक्ष एस सोमनाथको उत्तराधिकारी हुनेछन्। एक प्रतिष्ठित इसरो वैज्ञानिक नारायणन हाल लिक्विड प्रोपल्सन सिस्टम्स सेन्टरका निर्देशकको रूपमा सेवा गर्नेछन्।

भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले नारायणन स्पेसक्राफ्ट प्रोपल्सन विशेषज्ञ रहेको बताएको छ। उनी सन् १९८४ मा इसरोमा सामेल भएका थिए। रासस/सिन्ह्वा

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...