इन्डोनेसियाली बजारमा स्मार्टफोन निर्माता अनरको प्रवेश

  • Technology Khabar | २४ पुष २०८१, बुधबार
इन्डोनेसियाली बजारमा स्मार्टफोन निर्माता अनरको प्रवेश

काठमाडौं ।

इन्डोनेसियाली बजारमा आफ्नो उपस्थिति कायम राख्न १ अर्ब डलर लगानी गर्ने एप्पलको प्रतिबद्धतापछि अब अनर पनि आकर्षक बजारमा प्रवेश गर्न खोजिरहेको छ।

इन्डोनेसिया एसियामा सबैभन्दा छिटो प्रगति गरिरहेको भइरहेको देश भएकाले कम्पनीहरू त्यस आकर्षक बजारमाको ठूलो हिस्सा लिनको लागि भीडमा उत्रिएका छन्।

सन् २०२५ मा अनरले इन्डोनेसियाभर १० भन्दा बढी अनर एक्सपिरियन्स स्टोरहरू खोल्नेछ भने उक्त स्टोरहरूमा स्मार्टफोन, पीसी र स्मार्ट वेयरेबल्स लगायतका लगभग ३० वटा उत्पादनहरू प्रदान गर्नेछ। कम्पनीले स्थानीय खुद्रा विक्रेताहरू र ई–कमर्स प्लेटफर्महरूसँग काम गर्न सुरु गरेको र सन् २०२५ को पहिलो त्रैमासमा आफ्नो पहिलो उत्पादनहरूको ढुवानी सुरु गर्नेछ।

यो विशेषगरी मिड–प्रिमियम खण्डमा मलेसिया, सिंगापुर र फिलिपिन्समा सबैभन्दा छिटो रुपमा वृद्धि भएको ब्रान्ड भएको अनरले बताएको छ। त्यसैले निर्माताले इन्डोनेसियामा पनि त्यस्तै नतिजा हासिल गर्न सक्ने आशा राखेको अनरको दक्षिण प्रशान्त शाखाका अध्यक्षले व्यक्त गरेका जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...