अनर म्याजिक७ लाइट एक्स९सीको युरोपेली संस्करणको रूपमा डेब्यु

  • Technology Khabar | २० पुष २०८१, शनिबार
अनर म्याजिक७ लाइट एक्स९सीको युरोपेली संस्करणको रूपमा डेब्यु

काठमाडौं ।

अनर म्याजिक७ लाइट म्याजिक७ सिरिजमा चौथो नयाँ थप भएको र यसले स्पेक्सहरूको एक परिचित सेट ल्याएको उल्लेख छ। यो मिडरेन्ज अफर लगभग समान स्पेक्सहरूको साथ युरोपेली बजारको लागि रिब्याज गरिएको अनर एक्स९सी भएको बताइएको छ।

यद्यपि एउटा उल्लेखनीय भिन्नता भनेको म्याजिक७ लाइट लाई पानी र धुलोको बिरूद्ध आईपी६४–मूल्याङ्कन गरिएको छ भने एक्स९सीले पानीको जेटबाट ३६० डिग्री सुरक्षाको साथ आईपी६५एम रेटिङ राख्दछ।

हाइलाइटहरूमा ६.७८ इन्चको एएमओएलईडी डिस्प्ले (एफएच+ १२० हर्ज), स्न्यापड्रागन ६ जेन १ चिपसेट र १-१.६७ सेन्सर भएको १०८ मेगापिक्सेलको मुख्य क्याम समावेश रहेका छ। फोनमा ६६डब्ल्यू (वाट) चार्जिङ सहितको ६,६०० एमएएच सिलिकन–कार्बन ब्याट्री आउटफिट गरिएको छ भने एन्ड्रोइड १४ मा आधारित अनरको म्याजिकओएस ८.० बुट गर्दछ।

म्याजिक७ लाइट टाइटेनियम पर्पल र टाइटेनियम ब्ल्याक रङ्गमा आङ्गको उल्लेख छ। साथै यसको ८/५१२जीबी ट्रिमको लागि ३९९ पाउन्ड स्टर्लिंग मूल्य कायम गरिएको छ। त्यसैगरी बेलायतमा जनवरी १५ तारिदेख डेलिभरी निर्धारित गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २० पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार