
काठमाडौं ।
काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स नेपालले सामसंग ग्यालेक्सी नोट ९ प्रि बुकिङ गर्ने ग्राहकमध्येबाट भाग्यशाली विजेता छनोट गरेको छ ।
बिजेता विनय चौधरीले प्रथम पुरस्कार स्वरुप टर्किस एयरको विजनेस क्लासको राउन्ड टिकट प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।
त्यसै गरी निकेश प्रजापतिले केजिएच होटलको डेस्टिनेशनमा २ रात बस्ने टिकट जितेका छन् ।
तेस्रो विजेताका रुपमा दुर्गा बहादुर घिमिरे र नारायण न्यौपानेले लेट मि इनको तर्फबाट जनही १० हजार रुपैयाँको भौचर प्राप्त गरेका छन् । त्यसै गरी क्षितिज तुलाचन र श्याम बज्राचार्यले सामसंग गियर फिट टु प्रो जितेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ९ आश्विन २०७५, मंगलवार