Apple

उबर र ओलाजस्ता क्याब सेवाहरूले भारतमा आईफोन प्रयोगकर्तासँग बढी शुल्क लिएको गुनासो

उबर र ओलाजस्ता क्याब सेवाहरूले भारतमा आईफोन प्रयोगकर्तासँग बढी शुल्क लिएको गुनासो
Global IME Bank

हालसालै भारतका एक प्रयोगकर्ताले एन्ड्रोइड र आईफोनमा एउटै गन्तव्यका लागि ओला र उबरको भाडा तुलना गर्दै  फोटो साझा गरेर आईफोन प्रयोगकर्तासँग बढी भाडा लिएको पोस्ट राखेपछि यो बहसले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

चेन्नइमा गरिएको एक सर्वेक्षणले यी सेवाहरूले फरक उपकरणहरूमा फरक भाडा लिएको देखाएको छ। तीन विभिन्न स्थानमा गरिएको परीक्षणमा, आईफोनमा भाडा हरपल उच्च रहेको पत्ता लाग्यो।

यद्यपि, यसलाई ठोस प्रमाण मान्न सकिँदैन, किनभने क्याब भाडा प्रायः गतिशील हुन्छ र मागका आधारमा परिवर्तन भइरहन्छ। छोटो दूरी वा एकल यात्रामा भाडा भिन्नता अझ बढी देखिएको छ।

उबरले यो आरोप अस्वीकार गर्दै उपकरणको प्रकारका आधारमा भाडा निर्धारण गर्ने कुनै नीति नभएको बताएको छ। फरक पर्ने कारणहरू समय, दूरी, र वास्तविक मागका कारण हुन सक्छन्। ओलाले यस विषयमा कुनै टिप्पणी गरेको न्युज१८ ले उल्लेख गरेको छ।

यसबारे विशेषज्ञहरूले एप्स स्थापना गर्दा उपकरणले दिएका हार्डवेयर डेटा अनुमतिहरू भाडामा असर गर्न सक्ने बताएका छन्।

फास्टट्र्याक (चेनाइ) का प्रबन्ध निर्देशक सी अम्बिगापतिले कम्पनीहरूले हार्डवेयर विवरणको आधारमा मूल्य समायोजन गर्न सक्ने बताएका छन्। यसलाई ‘डाइनामिक प्राइसिङ अल्गोरिदम’ भनिन्छ।

सी-ड्याक तिरुवनन्तपुरमका पूर्व निर्देशक पी रविकुमारले कम्पनीहरूले उपकरण प्रकार, एप प्रयोग, र खोजका ढाँचाजस्ता डेटा सङ्कलन गरेर गुगल क्लाउड एआई वा अज्युर एमएलजस्ता मेसिन लर्निङ उपकरण प्रयोग गरी भाडा समायोजन गर्छन्।

कम्पनीहरूले प्रयोगकर्ताको व्यवहार विश्लेषण गरेर पनि भाडा निर्धारण गर्न सक्छन्।

  • जो प्रायः भाडा जाँच गर्छन् वा नियमित रूपमा बुकिङ गर्छन्, तिनले बढी भाडा तिर्नुपर्ने हुन सक्छ।
  • भाडा घट्ला भनेर प्रतीक्षा गर्ने प्रयोगकर्ताहरूले पनि अन्ततः उच्च भाडा तिर्नुपर्ने सम्भावना रहन्छ।
प्रयोगकर्ताहरूका लागि सुझावहरू

१. भाडा बुकिङ अघि विभिन्न उपकरणहरूमा तुलना गर्नुहोस्।

२. एपको क्यास क्लियर गर्नुपर्नेछ।

३. मूल्य निर्धारणमा अनियमितता देखिएमा सम्बन्धित निकायमा रिपोर्ट गर्नुहोस्।

Sajilo Visa
easy care