अटो टेक

पाँच महिनामा नेपाल भित्रियो ११ अर्बमाथिको विद्युतीय चार पाङ्ग्रे सवारी साधन

पाँच महिनामा नेपाल भित्रियो ११ अर्बमाथिको विद्युतीय चार पाङ्ग्रे सवारी साधन
Global IME Bank

आर्थिक वर्ष २०८१/८१ को पाँचौं महिना मंसीर मसान्तसम्म नेपालमा ११ अर्ब २७ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसीर मसान्तसम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

यस अवधिमा उक्त रकम बराबरको ४ हजार ६९७ थान चारपाङ्रे विद्युतीय सवारी साधन आयात भएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी र दक्षिण कोरिया अमेरिका गरी विश्वका पाँच देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
१ चीन ५० किलोवाटसम्म ८५४ १६५५३०७
२ भारत ५० किलोवाटसम्म ६३६ १०८१५५०

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
१ चीन ५१-१०० किलोवाटसम्म २२९७ ६००२५०३
२ भारत ५१-१०० किलोवाटसम्म ४६० ९३३०११

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
१ चीन १०१-२०० किलोवाटसम्म ४३३ १४९४४३४
२ जर्मनी १०१-२०० किलोवाटसम्म ७ ४८४४४
३ द. कोरिया १०१-२०० किलोवाटसम्म १ ७९७९
४ अमेरिका १०१-२०० किलोवाटसम्म २ ८२२६

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन २०१-३०० किलोवाटसम्म ३ १५२८२
जर्मनी २०१-३०० किलोवाटसम्म २ १७०६८

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
१ चीन ३०० किलोवाटभन्दा माथि २ ८३२३
Sajilo Visa
easy care