पाँच महिनामा नेपाल भित्रियो ११ अर्बमाथिको विद्युतीय चार पाङ्ग्रे सवारी साधन

  • Technology Khabar | १२ पुष २०८१, शुक्रबार
पाँच महिनामा नेपाल भित्रियो ११ अर्बमाथिको विद्युतीय चार पाङ्ग्रे सवारी साधन

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८१ को पाँचौं महिना मंसीर मसान्तसम्म नेपालमा ११ अर्ब २७ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसीर मसान्तसम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

यस अवधिमा उक्त रकम बराबरको ४ हजार ६९७ थान चारपाङ्रे विद्युतीय सवारी साधन आयात भएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी र दक्षिण कोरिया अमेरिका गरी विश्वका पाँच देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन ५० किलोवाटसम्म ८५४ १६५५३०७
भारत ५० किलोवाटसम्म ६३६ १०८१५५०

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन ५१-१०० किलोवाटसम्म २२९७ ६००२५०३
भारत ५१-१०० किलोवाटसम्म ४६० ९३३०११

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन १०१-२०० किलोवाटसम्म ४३३ १४९४४३४
जर्मनी १०१-२०० किलोवाटसम्म ४८४४४
द. कोरिया १०१-२०० किलोवाटसम्म ७९७९
अमेरिका १०१-२०० किलोवाटसम्म ८२२६

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन २०१-३०० किलोवाटसम्म १५२८२
जर्मनी २०१-३०० किलोवाटसम्म १७०६८

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन ३०० किलोवाटभन्दा माथि ८३२३

प्रकाशित: १२ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...