
काठमाडौं ।
काठमाडौं । नबिल बैंकले बैदेशिक भैमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भीसा इन्टरनेशनल प्रिपेड कार्ड, बैंक ड्राफ्ट र बिदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागी आउने सम्पूर्ण आकांक्षी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ ।
यो पूर्णत नबिन अवधारणालाई नबिल बैंकले सर्बप्रथम नेपाली बजारमा ल्याएको दाबी गरेकोछ । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसंग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउनुहुने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्नेछन् ।
बिदेश यात्रा गर्ने यात्रीहरुलाई स्वास्थ्य बीमा निकै नै उपयोगी हुनेछ किनकी यसले अचानक र अनपेछित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जांच गरि हराएका ब्यागेजरराहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण गर्ने जनाएको छ ।
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार