ताजा समाचार

यस्तो मेसेज वा ईमेल आएको छ? हामीले पठाएका होइनौं, यसलाई क्लिक वा रिप्लाई नगर्नूहोस्: साइबर ब्यूरो

यस्तो मेसेज वा ईमेल आएको छ? हामीले पठाएका होइनौं, यसलाई क्लिक वा रिप्लाई नगर्नूहोस्: साइबर ब्यूरो
Global IME Bank

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल प्रहरीको लोगो, संगठन प्रमुखको नाम, सहिछापसमेत किर्ते गरेर मेसेज आउने गरेकोमा यस्ता मेसेज फेक भएको र यसलाई क्लिक नगर्न सबैलाई आह्वान गरेको छ।

ब्यूरोले एउटा विज्ञप्ति प्रकाशित गरी यस प्रकारको जानकारी दिँदै सर्वसाधारणलाई सचेत गराएको हो।

“तपाईले आफ्नो IP Address प्रयोग गरी Child Pornography, cyber pornography, child crime सम्बन्धी सामग्रीहरु प्रयोग गरिरहनु भएको प्रमाण हामीसँग रहेकोले ४८ घण्टा भित्र यस सम्बन्धी जवाफ लेखी पठाउनुहोला, अन्यथा कारबाही गरिने छ” भन्ने जस्ता शब्दहरू लेखी किर्ते रूपमा नेपाल प्रहरीको लोगो, संगठन प्रमुखको नाम, सहिछाप र छाप समेत प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई छुट्टाछुट्टै मितिको इमेल पठाइरहेको पाइएकोमा यस प्रकारको इमेल तथा पत्र नेपाल प्रहरीबाट सम्प्रेषित नभएको र अफवाह फैलाउने इमेलको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले यस किसिमको इमेल वा मेसेज आएको भए त्यसलाई क्लिक वा रिप्लाई नगर्न पनि सबैमा आह्वान गरेको छ। यस्ता प्रकारका मेसेज वा ईमेल आफ्नो कार्यालयबाट नपठाइएको र कुनै स्क्याम वा ह्याकरको समूहले किर्ते गरी पठाएको हुनसक्ने भएकाले यस्ता सामग्रीमा क्लिक वा रिप्लाई गर्दा सम्बन्धित व्यक्तिको सामाजिक सञ्जाल, ईमेल एकाउन्ट वा वित्तीय कारोबारका गोप्य जानकारी ह्याक हुन सक्ने प्रहरीले चेतावनी दिएको छ।

Sajilo Visa
easy care