अटो टेक

जब वेमो रोबोट्याक्सी गोल चक्करमा अड्कियो…

जब वेमो रोबोट्याक्सी गोल चक्करमा अड्कियो…
Global IME Bank

एक वेमो रोबोट्याक्सी गोल चक्कर (राउण्डअबाउट) भित्र अल्झिएर घुमिरहँदा देखिएको एक भिडियोले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ।

अमेरिकाको सान फ्रान्सिस्कोको यो दृश्यले “नेशनल ल्याम्पून्स यूरोपियन भ्याकेशन” मा क्लार्क ग्रिसवाल्डलाई गोल चक्करले फसाएजस्तै घटनालाई सम्झाएको छ।

वेमोका प्रवक्ताले दिएको जानकारी अनुसार उक्त गाडीमा कुनै यात्रु सवार थिएनन। कम्पनीले यो समस्या समाधान गर्न आफ्नो बेडामा सफ्टवेयर अपडेट तैनाथ गरिसकेको टेक क्रञ्चले रिपोर्टमा उल्लेख गरेको छ।

यस प्रकारको अनौठो व्यवहारको कारण के हो र यसलाई समाधान गर्न इन्जिनियरहरूले कसरी काम गरे भन्ने विषयमा पनि चासो देखाईएको छ।

गत वर्षदेखि रोबोट्याक्सीहरूको अनौठो गतिविधिहरूको भिडियो विशेषगरी सान फ्रान्सिस्कोमा धेरै देखिन थालेका छन्। उदाहरणका लागि, यस वर्षको सुरुमा एक महिलाले आफ्नो सान फ्रान्सिस्कोको अपार्टमेन्ट नजिकैको पार्किङ स्थलमा वेमो गाडीहरूले रातभर हर्न बजाएको दृश्य लाइभस्ट्रीम गरेकी थिइन्।

वेमोले यस्तो घटना किन र कसरी भयो भन्ने प्राविधिक कारणहरूलाई विस्तृत रूपमा स्पष्ट नगरे पनि, सफ्टवेयर अपडेट मार्फत समाधान गर्ने आफ्नो तत्परताको संकेत दिएको छ।

Sajilo Visa
easy care