दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

  • Technology Khabar | २८ मंसिर २०८१, शुक्रबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं ।

सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख लागतमा २० ओटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए।

“काठमाडौँ उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,” उनले भने।

सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ।

काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए।

प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ। रासस

 

प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...