शाओमीले भारतमा रेडमी बड्स ६ ल्यायो

  • Technology Khabar | २७ मंसिर २०८१, बिहीबार
शाओमीले भारतमा रेडमी बड्स ६ ल्यायो

काठमाडौं ।

रेडमी बड्स ६ गत सेप्टेम्बरमा चीनको प्रमुख शाओमी कार्यक्रममा लन्च गरिएको थियो र जहाँ रेडमी नोट १४ सिरिज पनि अनावरण गरिएको थियो। रेडमी बड्स ६ लाई सोमबार भारतमा स्मार्टफोन लन्चको क्रममा प्रदर्शन गरिएको उल्लेख छ।

अडियो वेयरेबलमा ब्लुटुथ ५.४ फिचरहरु गरिएको र डुअल डिभाइस पेयरिङङ समर्थन गर्ने बताइएको छ। साथै यसमा रहेको एएनसी टेक्नोलोजीले ४९ डेसिबलसम्म वरपरको आवाज घटाउने थप उल्लेख गरिएको छ।

त्यसैगरी यी नयाँ रेडमी बड्समा १२.४४ एमएम टाइटेनियम डायाफ्राम र ५.५ एमएम माइक्रो–पिजोइलेक्ट्रिक सिरेमिक एकाइको साथ डुअल ड्राइभरहरू रहेका छन्।

त्यसका साथै केसको ब्याट्री क्षमता ४७५ एमएएच रहेको छ भने प्रत्येक बडको ब्याट्री क्षमता ५४ एमएएच रहेको उल्लेख गरिएको छ।

रेडमी बड्स ६ सेतो, हरियो र कालो रङ्गहरूमा आउने छन्। साथै रेडमी बड्स ६ डिसेम्बर १३ तारिखदेखि अमेजन, फ्लिपकार्ट र शाओमी अनलाइन र अफलाइन स्टोरहरूमा खरिदका लागि उपलब्ध हुनेछन्।

रेडमी बड्स ६ को मूल्य २,९९९ भारतीय रुपैयाँ (३५ अमेरिकी डलर) कायम गरिएको र लन्च गरेपछि पहिलो सात दिनमा खरिद गर्ने सबैका लागि १० प्रतिशत छुट उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २७ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...