रेडमी नोट १४ यूडी फिङ्गरप्रिन्ट स्क्यानर र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामराको साथ भारतमा डेब्यू

Technology Khabar २५ मंसिर २०८१, मंगलवार

काठमाडौं ।

चीनमा डेब्यू गरेपछि रेडमी नोट १४ सिरिजले अब नोट १४, नोट १४ प्रो र नोट १४ प्रो+ मोडेलहरू भारतमा ल्याएको छ। भेनिला नोट १४ र सेप्टेम्बरमा लन्च भएको यसको चिनियाँ मोडेलमा के–कस्ता भिन्नताहरू रहेका छन्, आउनुहोस् हेरौँः

भारतीय/ग्लोबल नोट १४ यसको आफ्नो चिनियाँ समकक्ष जस्तै देखिने बताइएको छ। साथै यसले एक अप्टिकल इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र २० मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा समावेश गरेको बताइएको छ।

त्यसैगरी फोनमा एफएचडी+ रिजोल्युसन र २,१०० निट्सको पीक ब्राइटनेससहितको १२० हर्ज रिफ्रेस रेट भएको ६.६७ इन्चको एएमओएलईडी डिस्प्ले फिचर गरिएको उल्लेख छ। साथै गोरिल्ला ग्लास ५ प्रोटेक्सन पनि रहेको बताइएको छ।

त्यसैगरी रेडमी नोट १४ को पछाडि ५० मेगापिक्सेलको (एलवाईटी–६००) मुख्य शूटर र २ मेगापिक्सेलको म्याक्रो क्यामको साथमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स समावेश गरिएको छ।

रेडमी नोट १४ को बाँकी अन्य स्पेस शीटमा मिडियाटेक डाइमेन्सिटी ७०२५ अल्ट्रा चिपसेट, ६/८जीबी र्याम र १२८/२५६जीबी स्टोरेज समावेश रहेका छन्। साथै उक्त स्टोरेजलाई हाइब्रिड माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न सकिने बताइएको छ।

साथै फोनले २ वर्षको लागि ओएस अपडेट र ४ वर्षको सुरक्षा अपडेट रहेको एन्ड्रोइड १४ मा आधारित शाओमी हाइपरओएस १.० लाई बुट गर्दछ। त्यसैगरी डिभाइसमा ४५डब्ल्यू चार्जिङसहितको ५,१०० एमएएच ब्याट्री पनि समावेश गरिएको उल्लेख छ।

रेडमी नोट १४ टाइटन ब्ल्याक, मिस्टिक ह्वाइट र फ्यान्टम पर्पल रंगहरूमा उपलब्ध हुने बताइएको छ। भारतमा रेडमी नोट १४ को ६/१२८जीबी ट्रिमको लागि १७,९९९ भारतीय रुपैयाँ (२१२ अमेरिकी डलर) मूल्य निर्धारण गरिएको छ भने ८/२५६जीबी संस्करणको लागि २०,९९९ भारतीय रुपैयाँ (२४८अमेरिकी डलर) को मूल्य कायम गरिएको छ।

शाओमीको आधिकारिक अनलाइन स्टोर, अमेजन इन्डिया र साझेदार खुद्रा बिक्रेताहरू मार्फत डिसेम्बर १३ तारिखका लागि बिक्रीहरू तय गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २५ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया