एप्पलद्वारा साउदी अरबमा विस्तारको घोषणा, सन् २०२६ मा रिटेल स्टोरहरू खोल्ने

Technology Khabar २५ मंसिर २०८१, मंगलवार

काठमाडौं ।

एप्पलले आइतबार साउदी अरबमा आफ्नो खुद्रा उपस्थिति विस्तार गर्ने भएको छ। एप्पलले साउदी अरबमा सन् २०२५ मा अनलाइन स्टोर र सन् २०२६ मा भौतिक स्टोरहरू खोल्ने घोषणा गरेको छ।

सन् २०२१ मा कम्पनीको विकासकर्ता एकेडेमी खोलिएपछि, एप्पलले सन् २०२५ को गर्मीमा यस क्षेत्रमा एप्पल अनलाइन स्टोर ल्याई साउदी अरबमा लगानी जारी राख्ने योजना बनाएको छ। एप्पलले यसबाट “एप्पलबाट सिधै अरबमा पहिलो पटक असाधारण सेवा र समर्थन” ल्याउने बताएको छ।

त्यसपछि, यस क्षेत्रमा धेरै रिटेल (खुद्रा) स्टोरहरू खोलिने र जसमध्ये पहिलो स्टोर सन् २०२६ मा आउँदैछ भनि थप उल्लेख गरिएको छ। कम्पनी हाल युनेस्कोको विश्व सम्पदा साइट दिरियामा स्टोर बनाउने योजनाको प्रारम्भिक चरणमा रहेको उल्लेख छ।

एप्पलका सीईओ टिम कुकले “हामी यहाँ साउदी अरबमा अर्को वर्ष एप्पल स्टोरको अनलाइन सुरुवातको साथ विस्तार गर्न पाउँदा उत्साहित छौं र धेरै फ्ल्यागशिप एप्पल स्टोरहरूको स्थानहरू मध्ये सन् २०२६ को सुरुवातसँगै पहिलो आइकोनिक स्टोर भने दिरियाको साइटमा हुनेछ” भनी एक बयानमा बताएका छन्।

“हाम्रा टोलीहरू ग्राहकहरूसँगको हाम्रो सम्बन्धलाई अझ गहिरो बनाउन, र यस देशका मानिसहरूलाई तिनीहरूको लगाव अन्वेषण गर्न, तिनीहरूको व्यवसाय निर्माण गर्न र तिनीहरूका विचारहरूलाई अर्को स्तरमा लैजान मद्दत गर्नको लागि एप्पलको उत्कृष्ट सेवाहरू ल्याउन तत्पर छन्” सीईओ कुकले थप उल्लेख गरेका छन्।

यो साउदी अरबमा विस्तार गर्ने ठूलो प्रयासको एक हिस्सा भएको र कम्पनीले विगत पाँच वर्षमा १० अर्ब साउदी रियाल भन्दा बढी खर्च गरेको छ। साथै एप्पलले साउदी अरबमा विकासकर्ताहरूको लागि एप स्टोर आय सन् २०१९ यता १७५० प्रतिशत भन्दा बढि भएको बताएको छ।

यसबाहेक एप्पलले २०५ भन्दा बढी शहरहरूको सूचीमा सामेल हुँदै आगामी रियाद मेट्रोमा एक्सप्रेस ट्रान्जिटको लागि समर्थन पनि ल्याइरहेको ९टु५म्याक ले उल्लेख गरेको छ।

प्रकाशित: २५ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया