भिजन प्रो मिक्स्ड रियालिटी डिभाइसमा प्लेस्टेशन भीआर कन्ट्रोलरको सपोर्ट थप्दै एप्पल

  • Technology Khabar | २५ मंसिर २०८१, मंगलवार
भिजन प्रो मिक्स्ड रियालिटी डिभाइसमा प्लेस्टेशन भीआर कन्ट्रोलरको सपोर्ट थप्दै एप्पल

काठमाडौं ।

एप्पलले आफ्नो भिजन प्रो मिक्स्ड रियालिटी डिभाइसलाई गेमरहरू र गेम डेभलपरहरूका लागि थप आकर्षक बनाउन प्रयास गरिरहेको छ। ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पल सोनीसँग प्लेस्टेशन भीआर२ का ह्यान्ड कन्ट्रोलरहरूको सपोर्ट थप्ने सम्भावनाबारे छलफल गर्दै रहेको बुझिएको छ।

टेकक्रञ्चका अनुसार भिजन प्रो हाल मुख्य रूपमा उत्पादकत्व र मिडिया खपत उपकरणको रूपमा प्रस्तुत गरिएको छ, जुन आँखाको हेराइ र हातको इशारामा भर पर्छ तर अलग कन्ट्रोलर आवश्यक पर्दैन। तर एप्पलले आफ्नो भिजन प्रो को दर्शक विस्तार गर्न चाहेको खण्डमा भने गेमरहरूको समर्थन आवश्यक पर्न सक्छ।

गर्मनका अनुसार अहिलेसम्म भिजन प्रो को आधा मिलियनभन्दा कम इकाइ मात्र बिक्री भएको छ। यदि प्लेस्टेशन भीआर२ का ह्यान्ड कन्ट्रोलरहरूको समर्थन थपिएको खण्डमा गेमहरूको लागि मात्र नभई फाइनल कट प्रो वा अडोब फोटोशपजस्ता सफ्टवेयरहरूको पनि अधिक सटिक प्रयोग सम्भव हुनेछ।

यस कदमले भिजन प्रो लाई गेमिङ, डिजाइन र उत्पादन क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने लक्ष्य राखेको देखिने टेकक्रञ्चले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha FZS FI Hybrid sees overwhelming demand, sold out within a week; pre-bookings open for next batch

  • Technology Khabar
  • २५ मंसिर २०८१, मंगलवार