बनेपा यातायात कायालयमा सेवाग्राहीको भिड

  • Technology Khabar | २० मंसिर २०८१, बिहीबार
बनेपा यातायात कायालयमा सेवाग्राहीको भिड

काठमाडौं ।

काभ्रेपलाञ्चोकको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापनासँगै कार्यालयमा यातायातसम्बन्धी सेवा लिने सेवाग्राहीको भिड बढ्न थालेको छ। काभ्रेपलाञ्चोकसहित आसपासका सेवाग्राहीलाई सेवा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश सरकारले गत असार १५ गतेदेखि बनेपा नगरपालिका-६, बुडोलमा यातायात व्यवस्था कार्यालय सुरु गरेको हो।

काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका सेवाग्राहीलाई लक्षित गर्दै स्थापना गरिएको यातायात कार्यालयमा सेवा लिन आउनेको सक्ख्या दैनिक वृद्धि भएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी पवन बजगाईँले कार्यालयमा दैनिक जसो यातायातसम्बन्धी सेवा लिन आउने सेवाग्राहीको सख्या बढ्दै गएको बताए।

उनले कार्यालयले असार महिनामा एक हजार २७८ साउन महिनामा तीन हजार ३६०, भदौ महिनामा तीन हजार २७ असोज महिनामा तीन हजार ८५६ कात्तिक महिनामा पाँच हजार २१८ र मङ्सिरमा आइतबारसम्ममा दुई हजार ८८१ वटा सवारीसाधनका धनीलाई विविध सेवा प्रदान गरिएको बताए।

सूचना अधिकारी बजगाईले कार्यालयबाट सवारी दर्ता सवारी नामसारी, सवारी कर. सवारो नवीकरण, सवारी पटके सवारीचालक अनुमतिपत्र नवीकरण, प्रदूषण जाँचपासका साथै सवारीचालक ट्रायलबाहेकका यातायातसम्बन्धी अन्य सबै काम हुँदै आएको बताए।

कार्यालयले गत साउन महिनामा दुई करोड १२ लाख ३७ हजार २२५ रुपियाँ, भदौ महिनामा एक करोड ६१ लाख ४६ हजार ७६२ रुपियाँ राजस्व सङ्कलन गरेको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...