डिजिटल अधिकारको सुरक्षा तथा प्रवर्द्धन गर्न आयोजित डिजिटल अधिकार महोत्सव सम्पन्न

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

डिजिटल अधिकारको सुरक्षा तथा प्रवर्द्धनका रणनीतिहरू विकास गर्ने उद्देश्यकासाथ आयोजना गरिएको डिजिटल अधिकार महोत्सव, २०२४ काठमाण्डौमा सम्पन्न भएको छ।

कार्यक्रममा डिजिटल अधिकार सम्मेलन २०२४, डिजिटल अधिकार फिल्म महोत्सव २०२४, अपांगता भएका व्यक्तिहरूका लागि इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक तालिम तथा इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक राष्ट्रिय स्कूल, २०२४ समावेश गरिएको थिए। महोत्सवमा सहभागी वक्ताहरू तथा अन्य सहभागीहरूले डिजिटल समावेशीकरणको पक्षमा वकालत गर्ने र डिजिटल क्षेत्रलाई सबैका लागि खुला, सुरक्षित, र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्त्वपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल तथा अन्तरक्रिया भएको थियो।

सम्मेलनमा ग्लोबल डिजिटल सम्झौताः नेपालका लागि अवसर र चुनौती, भ्रामक सूचना र कृत्रिम बौद्धिकताको युगमा अभिव्यक्ति स्वतन्त्रता, सोसल मिडिया विधेयक २०८१ र यसको प्रभाव, सूचना प्रविधि र साइबर सुरक्षा विधेयक २०८१, कृत्रिम बौद्धिकताको प्रयोगद्वारा न्यायमा पहुँच र मानव अधिकारको संरक्षण, डिजिटल सार्वजनिक पूर्वाधार र डिजिटल अधिकार, कृत्रिम बौद्धिकताको सुशासनः महिला, बालबालिका, र अपाङ्गताको संरक्षण, नेतृत्व तालिमः अपाङ्ग व्यक्तिका लागि इन्टरनेट सुशासन र डिजिटल अधिकार लगायतका विषयमा छलफल गरिएको थियो ।

यस्तै सो अवसरमा इन्टरनेट सुशासनको परिचय र नेपालको डिजिटल पारिस्थितिकी पहुँचयोग्य डिजाइनका सिद्धान्तहरू, इन्टरनेट सुशासन नीति निर्माण,द साइबर सुरक्षा र पहुँच चुनौतिहरू,राष्ट्रिय र अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार महासन्धि, डिजिटल अधिकार र प्रविधिसँग सम्बन्धित दुई वृतचित्र समेत प्रदर्शन गरिएको थियो।

डिसेम्बर १ देखि ३ सम्म काठमाडौंमा सम्पन्न महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई छलफल र सम्बोधन गर्नका लागि विज्ञहरू, अभियन्ताहरू, र सरोकारवालाहरू सहभागी थिए।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया