अनर ३०० अल्ट्रा ५० मेगापिक्सेलको पेरिस्कोप र स्न्यापड्रागन ८ जेन ३ का साथ लन्च

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

अनरले यस वर्ष अनर ३०० र ३०० प्रोसँगै अल्ट्रा मोडेल पनि प्रस्तुत गरेको छ। यद्यपि गत वर्ष भने अनरले आफ्नो अनर नम्बर सिरिजलाई २०० प्रो सम्ममा नै सिमित गरेको यो अनर ३०० र ३०० प्रोसहितको अनरको नम्बर सिरीजमा शीर्षको रूपमा अनर ३०० अल्ट्रा सामेल भएको बताइएको छ।

अनर ३०० अल्ट्राले ५० मेगापिक्सेलको पेरिस्कोप लेन्स (आईएमएक्स८५८) ३.८× अप्टिकल जूम र एफ/३.० एपर्चर प्रदान गर्ने उल्लेख गरिएको छ।

अनर ३०० सिरिजका फोनहरूले हार्कोर्ट पोर्ट्रेट मोडलाई समर्थन गर्ने बताइएको छ। साथै नयाँ पेरिस्कोपले टाढाबाट स्न्यापसटहरू लिन सक्ने उल्लेख गरिएको छ। साथै अनरले ट्रु–टु–लाईफ लाईट र छायाँ प्रभावहरू जोगाउन मद्दत गर्न समर्पित एआई लाइट कन्ट्रोल इन्जिन पनि थपेको उल्लेख छ।

त्यसैगरी पेरिस्कोप मोड्युललाई ओआईएस सँग ५० मेगापिक्सेलको मेन लेन्स (आईएमएक्स९०६) र १२ मेगापिक्सेलको अल्ट्रावाइडसँग जोडिएको उल्लेख छ।

अनर ३०० अल्ट्राको बाँकी अन्य स्पेकक्सहरू भने अनर ३०० प्रो सँग पङ्क्तिबद्ध रहेको र जसमा एफएचडी+ रिजोल्युसन र १२० हर्ज रिफ्रेस दरको साथ कर्भ ६.७८–इन्चको एएमओएलईडी समावेश रहेका छन्।

साथै अनरले उक्त डिस्प्लेमा १,२०० निट्स ग्लोबल पीक ब्राइटनेस र ४,००० निट्स लोकल पीक ब्राइटनेस रहेको दावी गरेको छ। अनर ३०० अल्ट्रामा अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर रहेको बताइएको छ जुन स्क्रिनमा इम्बेड गरिएको उल्खेख छ।

अनर ३०० अल्ट्रा १६जीबी र्याम र १टीबी भण्डारणको साथ कन्फिगर योग्य रहेको बताइएको छ र यो अल्ट्रा मोडेलको लागि मात्र एक्सक्लुसिभ रहेको उल्लेख छ। यसबाहेक सबै तीन नयाँ अनर ३०० फोनले एन्ड्रोइड १५ मा आधारित म्याजिकओएस ९ बुट गर्दछ।

अनरले ३०० अल्ट्रा फोनमा १००डब्ल्यू (वाट) वायर्ड फास्ट चार्जिङ र ८०डब्ल्यू (वाट) वायरलेसको लागि समर्थन सहितको ५,३००एमएएचको ब्याट्री पनि थप गरेको छ। त्यसैगरी फोन आईपी६५ को साथ रेट गरिएको छ भने चीनमा दोहोरो स्याटेलाइट जडानलाई समर्थन गर्ने बताइएको छ।

अनर ३०० अल्ट्रा क्यामेलिया ह्वाइट र इन्क रक ब्ल्याक रङ्गहरूमा आउने बताइएको छ। साथै यसको मूल्य ४,१९९ चिनियाँ युआन (५७७ अमेरिकी डलर) मा सुरु हुने र १६जीबी र्याम र १टीबी मोडेलको लागि ४,६९९ चिनियाँ युआन (६४६ अमेरिकी डलर) मा पर्ने उल्लेख छ।

त्यसैगरी चीनमा अनर ३०० अल्ट्राको खुल्ला बिक्री डिसेम्बर ६ तारिदेखि सुरु हुने बताइएको छ। साथै अनरले आफ्नो ३०० सिरिज फोनहरू चीन बाहिर कुनै समयमा ल्याउने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया