सामसंग ग्यालेक्सी एस १० को तयारीमा, नयाँ फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर

  • Technology Khabar | २६ भाद्र २०७५, मंगलवार
सामसंग ग्यालेक्सी एस १० को तयारीमा, नयाँ फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर

काठमाडौं ।

काठमाडौं । सामसंगले अगस्तमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) सार्वजनिक गरेको थियो । नयाँ फोन सार्वजनिक गरेको करिब एक महिनाभित्रै कम्पनीले अर्को वर्ष ल्याउने संभावना भएको स्मार्टफोन ग्यालेक्सी एस १० (Galaxy S10)को बारेमा नयाँ जानकारीहरु आउन शुरु भएको छ ।

कम्पनीले सन् २०१९ को शुरुवातमा नै नयाँ फोन सार्वजनिक गर्ने चर्चा रहेको छ जसमा नविनतम र अत्याधुनिक प्रविधि प्रयोग गरिने छ ।

ग्यालेक्सी एस १० मा सामसंगको आफ्नै फिंगरप्रिन्ट अथेन्टिकेशन टेक्नोलोजी प्रयोग गर्ने रिपोर्टहरु आएको थियो तर अब भने कम्पनीले सो स्मार्टफोनमा क्वालकमको प्रविधि प्रयोग गर्ने रिपोर्ट आएको छ ।

नयाँ रिपोर्टहरुकाअनुसार कम्पनीले क्वालकमको अल्ट्रासोनिक इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राख्नेछ । यो प्रविधि क्वालकमको थर्ड जेनेरेशन सेन्स आईडी हो । यो नयाँ प्रविधिलाई कम्पनीले सन् २०१५ मा सार्वजनिक गरेको थियो ।

सामसंगले यो टेक्नोलोजी उपलब्ध गराउनुका साथै क्वालकमको ताइवानमा रहेको कम्पोनेन्ट सप्लायर कम्पनी जनरल इन्टरफेस सोल्यूशनसँग पनि काम गरिरहेको छ ।

सन् २०१५ मा सार्वजनिक भएको सेन्स आईडी प्रविधिमा क्वालकमले कयौं परिवर्तनका साथै प्रविधिहरु थप गरिरहेको छ ।

सामसंगले नयाँ स्मार्टफोन ग्यालेक्सी एस १० आगामी मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । जसमा ट्रिपल क्यामरा सेटअप र बेजेल लेस डिजाइन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित: २६ भाद्र २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार