रुसद्वारा ‘कोन्डोर–एफकेए राडार’ भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | १६ मंसिर २०८१, आईतवार
रुसद्वारा ‘कोन्डोर–एफकेए राडार’ भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। उक्त उन्नत राडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर–एफकेए भूउपग्रह कक्षमा पुगेको विज्ञप्ति मार्फत घोषणा गरेको छ। कोन्डोर–एफकेए एउटा सानो नागरिक राडार पृथ्वी पर्यवेक्षण भूउपग्रह हो, जुन नागरिक समकक्षको रूपमा डिजाइन गरिएको छ।

रूसमा आधारित रकेट डिजाइन ब्यूरो (एनपीओ) ले यसको स्थापनादेखि कोन्डोर–एफकेएको निरन्तर प्रगति देखेको जनाएको छ।

पहिलो दुई भूउपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो। कोन्डोर–एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो।

दुई थप भूउपग्रहहरू हाल निर्माणाधीन छन्। तेस्रो कोन्डोर–एफकेए प्रक्षेपण सन् २०२६ को लागि योजना गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १६ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार