
काठमाडौं ।
बिग ह्याच र फाइभ-स्टार लक्जरी भएको नामी गाडीले नेपालमा सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेको थियो। तर अब यी गाडीहरुको मूल्य बढ्ने भएको छ।
सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताए। यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुने बताइएको छ।
डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ने.रू. ५०,००० अतिरिक्त लागू हुनेछ।
नामीको आगमन दक्षिण एसियाको ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउने एउटा महत्त्वपूर्ण माइलस्टोन हो। सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरू सहित नामीले ह्याचब्याकमा केके हुनु पर्छ भन्ने कुरालाई पुन: परिभाषित गर्दछ।
एमएडब्लू-वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लू ग्रुप र वृद्धि ग्रुप बीचको रणनीतिक साझेदारी हो। सन् २०१४ मा स्थापित एमएडब्लू-वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति भएको र यसले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूका विद्युतीय सवारी (ईभीहरू) सहित व्यावसायिक र यात्रुवाहक सवारीहरूको विविध दायरा प्रदान गर्ने कम्पनीको दावी छ।
प्रकाशित: १६ मंसिर २०८१, आईतवार