क्वालकमले सस्तो विण्डोज डिभाइसहरूका लागि स्न्यापड्रागन एक्स चिपसेट ल्याउँदै

Technology Khabar १० मंसिर २०८१, सोमबार

काठमाडौं ।

क्वालकमले हालैको इन्भेस्टर डे मा ६ सय डलर हाराहारी मूल्य भएका किफायती विण्डोज डिभाइसहरूका लागि नयाँ स्न्यापड्रागन एक्स चिपसेटको संकेत गर्‍यो। यद्यपि यसको नाम अझै तय भएको छैन, सम्भावना छ कि यसलाई “स्न्यापड्रागन एक्स” नै भनिनेछ।

जीएसएमएरिनाका अनुसार अहिले क्वालकमले १२-कोर सीपीयू भएको स्न्यापड्रागन एक्स एलिट र ८ वा १०-कोर सीपीयू भएको स्न्यापड्रागन एक्स प्लस प्रस्ताव गरिरहेको छ। यसै आधारमा स्न्यापड्रागन एक्सले ६-कोर सीपीयू अपनाउने अपेक्षा गरिएको छ तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

यो सस्तो चिपसेटमा क्वालकमको शक्तिशाली एनपीयू (न्यूरल प्रोसेसिङ युनिट) चिप पनि समावेश हुने जानकारी दिइएको छ, जुन बाँकी स्न्यापड्रागन एक्स एसओसीमा पनि प्रयोग भइरहेको छ।

यसले सस्तो विण्डोज ल्यापटपहरूमा कोपाइलट+ जस्ता एडभान्स एआई सुविधाहरू उपलब्ध गराउनेछ। प्रतियोगीहरूले यस्ता शक्तिशाली एनपीयू केवल उच्च-स्तरका चिपहरूमा मात्र राख्ने भएकाले यो कदमले क्वालकमलाई ठूलो प्रतिस्पर्धात्मक लाभ दिने अनुमान गरिएको छ।

यस चिपसेटको बजार उपलब्धता वा घोषणा मिति अहिलेसम्म खुलाइएको छैन। तर आगामी वर्षको सीईएस ( कञ्जुमर इलेक्ट्रोनिक्स शो) मा यसबारे थप जानकारी सार्वजनिक हुन सक्ने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १० मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया