होन्डा मोटरले विद्युतीय सवारी साधनको ड्राइभिङ दायरा दोब्बर बनाउने योजना

  • Technology Khabar | १० मंसिर २०८१, सोमबार
होन्डा मोटरले विद्युतीय सवारी साधनको ड्राइभिङ दायरा दोब्बर बनाउने योजना

काठमाडौं ।

अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनी होन्डा मोटरले आगामी केही वर्षमा आफ्नो इलेक्ट्रिक कारको ड्राइभिङ दायरा दोब्बर बनाउने योजना बनाएको छ। यसका लागि कम्पनीले सोलिड स्टेट ब्याट्री प्रयोग गर्नेछ।

हालका इभीहरु लिक्विड स्टेट लिथियम-आयन ब्याट्रीहरूले सुसज्जित छन्। केही ब्याट्री निर्माताहरूले पनि सोलिड-स्टेट ब्याट्रीहरू बनाउन प्रयास गरिरहेका छन्।

“यो इभी खण्डमा ठूलो परिवर्तन हुनेछ,” होन्डाको अनुसन्धान र विकास इकाईका अध्यक्ष केजी ओत्सुले भने। कम्पनीले यस परियोजनाको परीक्षणको लागि लगभग २८ करोड अमेरिकी डलर लगानी गरिरहेको छ र यसको आधा रकम जापान सरकारले अनुदानमा दिनेछ।

यस परियोजनामा ​​ब्याट्रीको साइज करिब ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ। यसबाहेक ब्याट्रीको तौल पनि करिब ३५ प्रतिशत र लागत २५ प्रतिशतले घटाउने प्रयास गरिनेछ।

होन्डाले सन् २०३० सम्ममा आफ्नो वार्षिक ईभी उत्पादनलाई २० लाखभन्दा बढी युनिटमा पुर्याउने योजना बनाएको छ।

प्रकाशित: १० मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार