Technology Khabar १० मंसिर २०८१, सोमबार
काठमाडौं ।
नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट विकास गरेको छ। यी रोबोटहरू बृहस्पति र शनि ग्रहको चन्द्रमामा जानेछन् र हिउँमुनि दबिएर रहेको समुन्द्रमा डुबुल्कि मार्नेछन्।
यी रोबोटहरूले बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसको भ्रमण गरेर पानीमुनि अन्वेषण गर्नेछन्। यी कन्सेप्ट रोबोटहरू नासाको जेट प्रोपल्सन प्रयोगशालाले तयार पारेका हुन्। यी भविष्यका रोबोट हुन् जसले अन्तरिक्षमा कठिन वातावरणमा पनि काम गर्न सक्छन्।
यी रोबोटहरूले नासाको पृथ्वी बाहिर जीवनको सम्भावनाको खोजीमा ठूलो भूमिका खेल्ने एक रिपोर्टमा बताईएको छ। वास्तवमा नासालाई बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसमा धेरै चासो छ। नासाले यसअघि नै युरोपा क्लिपर मिसन पठाइसकेको छ।
नासाको जेट प्रोपल्सन प्रयोगशाला (जेपीएल) ले यसलाई सेन्सिङ विथ इन्डिपेन्डेन्ट माइक्रो स्विमर्स (स्वीम) नाम दिएको छ। यो १६.५ इन्चको रोबोट करिब २ किलोग्राम भारी छ। पोखरीमा पनि यसको परीक्षण गरिएको छ। अवधारणा पछि वास्तविक रोबोट तयार हुँदा, यो केवल १२ सेन्टिमिटर अग्लो हुनेछ।
नासाले यस्ता धेरै रोबोट बनाउने योजना बनाएको छ। यी रोबोटले त्यहाँको समुन्द्रमा गोता लगाएर अनुसन्धान गर्नेछन्। तिनीहरूको तापक्रम र रासायनिक संरचना पत्ता लगाउनेछ। जुन चन्द्रमामा नासाले पठाउन लागेको छ। त्यहाँ बाक्लो हिउँ छ र त्यो बरफ मुनि पूरै महासागर छ भन्ने अनुमान गरिन्छ। यी रोबोटहरू विशेष रूपमा यस्तै कामको लागि डिजाइन गरिएको हो। जेपीएलले आफ्नो परीक्षणको भिडियो पनि सेयर गरेको छ।
यी रोबोटमा सञ्चार र जीपीएस प्रणाली पनि हुनेछ। जसको सहयोगमा उनीहरु पानीमा नेभिगेट गर्न सक्नेछन्। समुद्रको रासायनिक संरचना थाहा पाउनका लागि उनीहरूमा विशेष उपकरण जडान गरिनेछ।
तर, संस्थाले यो एउटा कन्सेप्ट मात्र भएको र प्रोटोटाइपको रूपमा परीक्षण गरिएको बताएको छ। यी निर्माण गर्न, लगानी कोष र विकासको स्वीकृति अझै आवश्यक छ।
बाहिरी सौर्यमण्डलमा युरोपा, एन्सेलाडस, टाइटन र एरियल जस्ता चन्द्रमाहरूमा पानीको संकेत रहेको नासाले विश्वास गर्छ, जसले त्यहाँ जीवन सम्भव हुनसक्ने संकेत गर्छ।
प्रकाशित: १० मंसिर २०८१, सोमबार