ग्लोबल सोर्सेस हङकङ शो २०२४ को भिडियो भ्रमण

Technology Khabar ७ मंसिर २०८१, शुक्रबार

काठमाडौं ।

हालै, गिज्मोचाइना टोली फेरि हङकङ ग्लोबल सोर्सेस प्रदर्शनी भ्रमण गरेको छ। वसन्त र शरद ऋतु गरि वर्षमा दुई पटक हुने गरेको कार्यक्रममा भ्रमण गरेर गिज्मोचाइनाले यस पटकको प्रदर्शनीमा रहेका नयाँ चीजहरू देखाउने प्रयास गरेको छ।

आगामी केही महिनाहरूमा केही बिदाहरू आउँदैछन् र प्रदर्शनीबाट आफ्ना प्रियजनहरूका लागि केही उपहारहरू लिन सकिने बताइएको छ। साथै अन्य देशका केही खरिदकर्ताहरू र व्यापारीहरू पनि यस प्रदर्शनीको भ्रमण गरेको उल्लेख गरिएको छ।

केवल खरीददारहरू र आपूर्तिकर्ताहरू भेला गराउनु मात्र नभएर उनीहरूलाई घरेलु वातवारण महसुस गराउनुका लागि ग्लोबल सोर्सेसले यस प्रदर्शनीको लागि धेरै मेहनत गरेको उल्लेख छ।

प्रत्येक पटक, गिज्मोचाइनाले केहि खरीददारहरूसँग कुरा गर्दा तिनीहरू सबैले चीनको खरिदमा विश्वास गरेको बताएका छन् र यस्तो प्लेटफर्मले त्यो उद्देश्यलाई पूर्ण रूपमा पूरा गर्ने थप उल्लेख गरिएको छ।

ग्लोबल सोर्सेस हङकङ शो २०२४ अक्टोबरको प्रदर्शनीमा राखिएका उत्कृष्ट उत्पादनहरूको थोरै झलक यो भिडियोमा हेर्नुहोस्।

प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया