Apple

एप्पलद्वारा आईफोनका लागि मुख्य आईओएस १८.१.१ सेक्युरिटी अपडेट जारी, यसरी गर्नुहोस् अपडेट

एप्पलद्वारा आईफोनका लागि मुख्य आईओएस १८.१.१ सेक्युरिटी अपडेट जारी, यसरी गर्नुहोस् अपडेट
Global IME Bank

यसै हप्ता आईफोन प्रयोगकर्ताहरूले एप्पलबाट ठूलो सुरक्षा अपडेट पाएका छन्, जुन तुरुन्तै आफ्नो उपकरणमा इन्स्टल गर्न आवश्यक छ। नयाँ आईओएस १८.१.१  अपडेट ती महत्त्वपूर्ण पाचमध्ये एक हो जसले केही ठूला सुरक्षा कमजोरीहरू समाधान गर्न जारी गरिएको छ।

यी कमजोरीहरू पहिले नै सार्वजनिक भएको वा नभएको हुन सक्छ। केही हप्ताअघि आएको आईओएस १८.१ अपडेटले पहिलो पटक एप्पल इन्टेलिजेन्स विशेषताहरू उपयुक्त आईफोन मोडेलहरूमा ल्याएको थियो। तर, यस्ता अपडेटहरू एप्पलले आफ्ना प्लेटफर्महरूको सुरक्षामा ठूला समस्या पत्ता लगाएपछि तुरुन्तै उपलब्ध गराउँछ।

आईफोन प्रयोगकर्ताहरूका लागि नयाँ आईओएस १८.१.१ संस्करणलाई र्यापिड सेक्युरिटी रेस्पोन्सेज अपडेट भनिएको छ, जुन सन् २०२४ नोभेम्बर १९ मा जारी गरिएको हो।

न्युज१८ का अनुसार एप्पलको सुरक्षा सपोर्ट पृष्ठले जाभास्क्रिप्टकोर र वेबकिटमा समस्या भएको उल्लेख गरेको छ, जसलाई दुष्ट व्यक्तिहरूले वेबसाइट ह्याक गरेर उपकरणमा अनधिकृत पहुँच गर्न र हानिकारक सामग्री पठाउन प्रयोग गर्न सक्छन्।

आईफोन एक्सएस म्याक्स वा त्यसपछि आएका आईफोन मोडेल प्रयोगकर्ताहरूले यो अपडेट तुरुन्तै इन्स्टल गर्नुपर्ने एप्पलले भनेको छ । त्यस्तै आईप्याड प्रयोगकर्ताहरूका लागि आईप्याडओएस १८.१.१ अपडेट पनि यी समस्याहरू समाधान गर्न उपलब्ध छ। नयाँ संस्करण इन्स्टल गर्नुपर्ने मोडेलहरू यस्ता छन्:

  • आईफोन एक्सएस र त्यसपछि आएका सबै मोडेल
  • आईप्याड प्रो १३-इन्च
  • आईप्याड प्रो १२.९-इन्च (तेस्रो पुस्ता र पछिल्ला)
  • आईप्याड प्रो ११ -इन्च (पहिलो पुस्ता र पछिल्ला)
  • आईप्याड एयर (तेस्रो पुस्ता र पछिल्ला)
  • आईप्याड (सातौं पुस्ता र पछिल्ला)
  • आईप्याड मिनी (पाँचौं पुस्ता र पछिल्ला)

नयाँ आईओए वा आईप्याडओएस संस्करण इन्स्टल गर्न सेटिङ्स → जेनेरल → सफ्टवेयर मा गएर नयाँ संस्करण डाउनलोड गर्नुहोस् र आफ्नो उपकरणलाई सुरक्षित राख्नुहोस्।

Sajilo Visa
easy care