Technology Khabar ३ मंसिर २०८१, सोमबार
काठमाडौं ।
ह्वावेले सन् २०२४ को तेस्रो त्रैमासको लागि विश्वव्यापी फोल्डेबल फोन बजारको शीर्ष ३ मा स्थान सुरक्षित गरेको आईडीसीको हालैको रिपोर्टले उल्लेख गरेको छ। फोल्डेबल स्पेसमा भर्खरैको विदेशी लन्चहरूको अभावको बाबजुद चिनियाँ टेक जायन्टका लागि यो उल्लेखनीय पुनरागमन भएको बताइएको छ।
१३.२ प्रतिशत बजार सेयर रहेको ह्वावेको प्रदर्शन मुख्यतया घरेलू चिनियाँ बजार भित्र यसको सफलतामा निर्भर गर्दछ। कम्पनीले केही समयदेखि अन्तर्राष्ट्रिय रूपमा नयाँ फोल्डेबल डिभाइसहरू लन्च नगरेको भए तापनि चीन भित्र भने यसको फ्ल्यागशिप अफरिङ्गसहरूले भुक्तान गरेको देखिन्छ।
त्यसैगरी कम्पनीको फ्ल्यागशिप मेट एक्सटीले मुख्य भूमिमा महत्त्वपूर्ण रूपमा उपभोक्ताको ध्यान कब्जा गरेको उल्लेख छ। साथै हुवावेको ट्राइ–फोल्ड फोन छिट्टै विश्वव्यापी रूपमा लन्च हुने तयारीमा रहेको बताइएको छ। यो इनोभेटिभ डिभाइसले पहिले नै अन्तर्राष्ट्रिय उपभोक्ताहरूको चासो जगाएको छ र विश्वव्यापी बजारहरूमा बिक्री बढाउन सक्ने थप उल्लेख गरिएको छ।
त्यसका साथै ह्वावेले सन् २०२५ को पहिलो त्रैमास सम्ममा फोल्डेबल बजारमा आफ्नो स्थितिलाई अझ बलियो बनाउन सक्ने सम्भावना रहेको उद्योग विशेषज्ञहरूले विश्वास व्यक्त गरेका छन्। यद्यपि, यो नयाँ प्रोडक्ट लन्चहरूको सफलतामा निर्भर हुने थप उल्लेख गरिएको छ।
अग्रस्थानमा भने अझै पनि सामसङ नै रहेको छ
यसैबीच, सामसङले सन् २०२४ को तेस्रो त्रैमासमा ५१ प्रतिशत बजार सोयरको साथ शीर्ष स्थान पुनः दावी गर्न सफल भएको छ। दक्षिण कोरियाली टेक जायन्टको सफलताको श्रेय ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ ह्यान्डसेटहरूलाई दिइएको छ जसले यस वर्षको सुरुमा ह्वावे र अनरसँग गुमाएको बजार हिस्सा पुनः प्राप्त गरेको छ।
लेनोभो आफ्नो मोटोरोला ब्रान्डको साथ, १५.१ प्रतिशत बजार सेयरको साथ दोस्रो स्थानमा रहेको छ। मोटोरोलाले क्ल्यामशेल फोल्डेबलहरूमा मात्र केन्द्रित लाइनअपको साथ हासिल गरेको यस्तो महत्त्वपूर्ण सेयरी प्रभावशाली भएको बताइएको छ। त्यसका साथै शीर्ष ५ मा अनर (७.६ प्रतिशत) र शाओमी (६.३ प्रतिशत) रहेका छन्।
ग्लोबल फोल्डेबल बजारले उल्लेखनीय बृद्धिको अनुभव गरिरहेको छ र आईडीसीले यो वर्ष २२ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ जुन नियमित स्मार्टफोन बजारको तीन गुणा वृद्धि दर हो।
साथै ट्रेण्ड (प्रवृति) ले विदेशी फोल्डेबल बजारको लागि चौथो त्रैमास थप आकर्षक हुने सुझाव दिएको छ जसमा सबैको नजर ह्वावे जस्ता खेलाडीहरूको आगामी लन्चहरूमा पर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ मंसिर २०८१, सोमबार