अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकले स्पिकर बजाउन बन्देज

Technology Khabar २ मंसिर २०८१, आईतवार

अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकले स्पिकर बजाउन बन्देज
फाइल तस्बिर।

काठमाडौं ।

चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकले अब पदयात्रा गर्ने क्रममा सावधानी अपनाउनुपर्ने भएको छ।

अन्नपूर्ण चक्रीय पदमार्गमा चर्को सङ्गीत बन्देज गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ।

एक्यापले पदयात्रा गर्दा ठुलो आवाजमा कुनै उपकरण नबजाउन पदयात्रीलाई अनुरोध गरेको छ।

संरक्षण क्षेत्रभित्र धेरै जङ्गली जनावर तथा पशुपन्छी रहेकाले कुनै पनि असर नपरोस् भनेर यसो गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनले वन्यजन्तुको पर्यावरणमा चर्को सङ्गीतले असर पारेको तथा जङ्गली जनावरको पर्यावरण खलबलिएकाले स्पिकर नियन्त्रणमा लिई सचेत गराइएको बताए।

प्रकाशित: २ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया