नेपाल टेलिकमको नेटवर्कमा आएको समस्या समाधान, सबै सेवा सुचारु

Technology Khabar २ मंसिर २०८१, आईतवार

काठमाडौं ।

बिहान ११ बजेदेखि नेपाल टेलिकमको नेटवर्कमा देखा परेको समस्या समाधान भएको छ। बिहान करिब ११ बजेदेखि आधा घण्टासम्म नेपाल टेलिकमका मोबाइलमा फोन नलाग्ने र फोरजी इन्टरनेट सेवा पनि ठप्प रहेको थियो।

टेलिकमका अनुसार बिलिङ सिस्टम अपडेटका कारण उक्त समस्या आएको र अहिले समस्या समाधान भएर सबै सेवा सुचारु भइसकेको छ।

 

 

प्रकाशित: २ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया