बायोनिक रोबोट मोर्निन र अर्गोसको साथ ओमोडाको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

  • Technology Khabar | २५ कार्तिक २०८१, आईतवार
बायोनिक रोबोट मोर्निन र अर्गोसको साथ ओमोडाको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

काठमाडौं ।

चिनियाँ इभी ब्राण्ड ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिटमा आफ्नो ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली)’ नामक रणनीति सार्वजनिक गरेको छ।

नयाँ ब्रान्ड भिजनले व्यावसायिक र घरेलु वातावरणमा सर्भिस चेन (सेवा-सञ्जाल) जोड्ने ‘ह्युमन-मेसिन-लाइफ’ इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेको बताईएको छ। यो इकोसिस्टम दुई अत्याधुनिक सर्भिस रोबोटहरूद्वारा सञ्चालित छ जसमा (बायोनिक ह्युमनोइड मोर्निन र क्वाड्रपेड (चारखुट्टे) फेमिली रोबोट अर्गोस) पर्दछन्।

जसअन्तर्गत व्यावसायिक क्षेत्र र घरायसी प्रयोजनमा मानव जीवन सरल र परिष्कृत बनाउने अत्याधुनिक रोबोटहरू छन्। यी रोबोटहरू विश्वव्यापी रूपमा बदलिँदो मानव जीवनलाई ध्यानमा राखी डिजाइन गरिएको हो।

यी रोबोटहरूमा ‘एडभान्स्ड ल्याङ्ग्वेज मोडल’ र ‘कन्ट्रोल एल्गोरिदम’हरू समावेश छन् जसले गर्दा व्यावसायिक र घरेलु दुवै क्षेत्रहरूमा प्रयोग गर्दा परिष्कृत र बहुमुखी अन्तरक्रियाको अनुभव सुनिश्चित हुन्छ।

कम्पनीकाअनुसार, घरायसी प्रयोजनको लागि, मोर्निन रोबोटले घरको सामान्य कामधन्दा, रिमोट गाडी नियन्त्रण, मनोरञ्जन, स्वास्थ्य मनिटरिङ गर्ने तथा परिवारका वृद्ध सदस्यहरूलाई साथीको रूपमा सेवा गर्न सक्छ।

ओमोडा एन्ड जेइकोको यो नयाँ रणनीतिले सर्भिस रोबोटलाई उपकरणको रूपमा मात्र नभई विविध पारिवारिक आवश्यकताको लागि एक साथीको रूपमा परिकल्पना गरेको जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...