आईफोन १६ माथिको प्रतिबन्ध हटाउन इन्डोनेसियाको कारखानामा १० मिलियन डलर दिने एप्पलको वाचा

  • Technology Khabar | २२ कार्तिक २०८१, बिहीबार
आईफोन १६ माथिको प्रतिबन्ध हटाउन इन्डोनेसियाको कारखानामा १० मिलियन डलर दिने एप्पलको वाचा

काठमाडौं ।

एक हप्ता अघि एप्पलको आईफोन १६ सिरिज र एप्पल वाच १० सिरिज माथि इन्डोनेसियामा बिक्रीबाट प्रतिबन्ध लगाइको थियो। साथै यसले एप्पललाई कठिन स्थितिमा पुर्याएको उल्लेख छ।

यो मुद्दा देशमा अपर्याप्त लगानी प्रतिबद्धताहरूको प्रत्यक्ष परिणाम भएको र जस अनुसार, कम्पनीहरूलाई स्थानीय रूपमा सञ्चालन गर्न ४० प्रतिशत स्थानीय सामग्री उपलब्ध गराउनु पर्ने आवश्यक रहेको उल्लेख गरिएको छ।

एप्पलले बान्डुङ्गस्थित नयाँ कारखानामा १० मिलियन अमेरिकी डलर लगानी गर्ने ब्लूमबर्ग न्यूजले रिपोर्ट गरेको छ। एप्पलको स्थानीय आपूर्तिकर्ता, याजियो कर्पोरेसनको साथमा एप्पल डिभाइस (उपकरण) हरूको लागि एसेसोरिज र कम्पोनेन्टहरू निर्माण गर्न समर्पित नयाँ सुविधाको साथ उक्त लगानी गरिने थप उल्लेख गरिएको छ।

एप्पलले आफ्नो प्रस्ताव इन्डोनेसियाको उद्योग मन्त्रालयलाई बुझाएको छ र आफ्नो डिभाइस (उपकरण) माथिको प्रतिबन्धमा क्लियरन्सको पर्खाइमा रहेको नयाँ रिपोर्टले उल्लेख गरेको छ।

यद्यपि इन्डोनेसियामा समस्याहरूको सामना गर्ने एप्पल भने एक मात्र प्राविधिक कम्पनी नभएको उल्लेख गरिएको छ। ४० प्रतिशत स्थानीय सामग्री नियमको पालना नगरेको कारण गुगललाई पिक्सेल ९ सिरिज पनि बिक्री गर्न प्रतिबन्ध लगाइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...