एप्लिकेसन

टिमभ्युअरले किन घटायो यो वर्षको पूर्वानुमानित आम्दानीको लक्ष्य?

टिमभ्युअरले किन घटायो यो वर्षको पूर्वानुमानित आम्दानीको लक्ष्य?
Global IME Bank

जर्मनीको सफ्टवेयर विकासकर्ता कम्पनी टिमभ्युअरले बुधबार सन् २०२३ को बिलिङ्सबाट भएको विदेशी मुद्रा असहयोगले ११ मिलियन युरो (११.८४ मिलियन) सम्म नकारात्मक प्रभाव पार्न सक्ने जनाउँदै आफ्नो पूर्ण-वर्षको आम्दानीको पूर्वानुमान घटाएको छ।

रोयटर्सका अनुसार क्लाउड-आधारित प्रविधिमा विशेष दक्षता राख्ने यस कम्पनीले अब आफ्नो आम्दानी ६६२ मिलियन युरोदेखि ६६८ मिलियन युरोको बीचमा पुग्ने अपेक्षा गरेको छ जुन पहिलाको ६६० मिलियनदेखि ६८५ मिलियन युरोको लक्ष्यभन्दा कम हो।

तर कम्पनीले आफ्नो समायोजित कोर नाफा (ईबीआईटीडीए) मार्जिनको पूर्वानुमान सुधार गरी करिब ४४% पुर्याएको छ जुन पहिले तेस्रो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो नाफाका कारण कम्तिमा ४३% थियो।

रिपोर्ट गरिएको अवधिमा यसको नाफा म्यानचेस्टर युनाइटेडसँगको साझेदारी घटाउनुका कारण बढेको थियो जुन प्रवृत्ति चौथो त्रैमासिकको मार्जिनहरूमा पनि फाइदा पुर्‍याउने अपेक्षा रहेको कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

Sajilo Visa
easy care