जेमिनी र च्याटजीपीटीलाई टक्कर दिने अमेजनको एआई ‘परियोजना’ ले यसकारण भोग्दैछ ढिलाई

Technology Khabar २० कार्तिक २०८१, मंगलवार

काठमाडौं ।

ओपनएआई  र गुगललाई चुनौती दिन खोजेको अमेजन अहिले आफ्नै एआई महत्वाकांक्षाहरूसँग संघर्ष गरिरहेको देखिन्छ। कम्पनीले गत वर्ष एक कार्यक्रममा एआई-संचालित नयाँ एलेक्साको झलक देखाएको थियो तर त्यसपछि यसको प्रक्षेपण समयसीमाहरू एकपटक होइन, दुईपटक संशोधन गरिएका छन्।

नयाँ रिपोर्टहरूले कम्पनीभित्र थप ढिलाइको सङ्केत गरेका छन्। विशेषगरी नयाँ एलेक्सासँग सम्बन्धित जसका लागि अमेजनले उपभोक्ताहरूबाट सदस्यता शुल्क लिन उत्साहित थियो। नयाँ एलेक्साको मूल प्रक्षेपण मिति यो वर्षको अक्टोबरमा थियो तर अब अमेजनको एआई च्याटबोट २०२५ को सुरुमा भन्दा पहिले उपलब्ध हुने अपेक्षा गरिएको छैन।

कम्पनी आफ्नो एआई प्लेटफर्मको हालसम्मको विकासप्रति सन्तुष्ट नभएका कारण यसको बेटा संस्करण पनि पछि धकेलिएको छ। जसले अमेजनले बजारमा रहेका अन्य एआई दिग्गजहरूसँगको प्रतिस्पर्धामा सामना गरिरहेको चुनौतीलाई देखाउने न्युज१८ले उल्लेख गरेको छ।

च्याटजीपीटी र जेमिनीजस्ता प्रविधिहरूले ठूलो भाषा मोडेलहरूको मद्दतले उन्नत कार्यहरू गर्न सक्ने नयाँ एआई युगले देखाउँछ तर अमेजनको संघर्ष मुख्य रूपमा एलेक्साको अपरिपक्व एआई क्षमतासँग सम्बन्धित छ। यसले गर्दा नयाँ संस्करणमा यो आवाज सहायकले बत्ती बाल्ने वा घरको सेटिङ नियन्त्रण गर्ने काम पनि गर्न सक्दैन।

प्रकाशित: २० कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया