तीन महिनामा १२ करोडभन्दा बढीको विद्युतीय चुलो आयात

Technology Khabar २० कार्तिक २०८१, मंगलवार

तीन महिनामा १२ करोडभन्दा बढीको विद्युतीय चुलो आयात
सांकेतिक तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो महिना असोज मसान्तसम्म नेपालमा १२ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ६ देशहरुबाट उक्त मूल्य बराबरका ६३ हजार १६8 थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले १ करोड ८३ लाख १ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ११ करोड ७० लाख ७५ हजार बराबरको ५७ हजार ९४२ थान तथा भारतबाट १ करोड ४ लाख २४ हजार बराबरको ५ हजार २ सय थान चुलो आएको छ।

यसैगरी कतारबाट १ हजार बराबरको ३ थान, सिंगापुरबाट ७ हजार बराबरको ५ थान, मलेसियाबाट ३४ हजार बराबरको ७ थान तथा यूएईबाट २६ हजार बराबरको ११ थान चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
चीन४३१९५८, ८९, ८८, ०००
भारत४१९०८३, १७, ०००
मलेसिया३४, ०००
कतार१, ०००
सिंगापुर५, ०००
यूएई११२६, ०००
जम्मा४७४०९९, ७३, ६४, ०००

इन्फ्रारेड चुलो

क्र. सं.देशपरिमाणरकम
चीन१४, ४५३२, ४६,८३, ०००
भारत७६८१७, ९९, ०००
जम्मा१५, २२१२, ६४, ८२, ०००

 

अन्य विद्युतीय चुलो

क्र सदेशपरिमाणरकम
चीन२९४३४, १२, ०००
भारत२४२३, ०७०००
कतार
सिंगापुर२, ०००
जम्मा५३८३७, २२, ०००

प्रकाशित: २० कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया