एस्एसप्रो सफ्टवेयर सार्वजनिक, लगानी क्याल्कुलेटर र लगानीकर्ताको विश्वास नाप्ने मिटर उपलब्ध

Technology Khabar १३ भाद्र २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । शेयरसंसार डट कमले ‘एस् एस् प्रो’ सफ्टवेयर सार्वजनिक गरेको छ। लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभ चार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरू रहेको एस् एस् प्रो (SS Pro) सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण गरी दैनिक उतारचढाव हुने बजारमा कसरी जोखिम कम गर्न सकिन्छ, त्यसका लागि एस् एस् प्रो मा थुप्रै सुविधाहरू रहेको बताईएको छ।

‘कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्त्वपूर्ण हुने दर्जनभन्दा बढी वित्तिय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामुहिक लगानी कोषहरूको खरिद-बिक्रीको विश्लेषण, ब्रोकरहरुको कारोबारको निरीक्षण, र कुन महिना कुन कम्पनी खरिद गर्दा जोखिम कम हुन्छ भनी देखाउने उपकरणहरु एस् एस् प्रो मा छन्,’ कम्पनीका प्रबन्ध निर्देशक सन्दीप बिक्रम राणाले भने।

एस् एस् प्रो ले नेपालमै पहिलो पटक बजारको विश्वाश मापन गर्ने ‘मार्केट कन्फिडेन्स मिटर’ ल्याएको दाबी गरेको छ। अहिलेको बजारप्रति लगानीकर्ताहरूको विश्वाश कति छ भनी कन्फिडेन्स मिटरले ० देखि १०० सम्मको सीमामा देखाउँछ।

आफ्नो लगानीको अहिलेको मुल्य कति, अहिलेसम्म कति घाटा कति नाफा भयो, कति लाभांश आर्जन गरियो लगायतका विवरणहरुको लागि एस् एस् प्रो मा नै पोर्टफोलियो सफ्टवेयर पनि रहेको छ। यसमा आफ्नो लगानीका साथै आफ्नै घर-परिवारका अन्य सदस्यहरुको पनि शेयरमा गरिएका लगानीहरूको विवरण राख्न सकिन्छ। यतिमात्र नभई आफुसँग रहेको कम्पनीहरूको बजारमा अस्वभाविक रूपमा उतार-चढाव भएमा सोको जानकारी पनि एस् एस् प्रो ले दिने कम्पनीले जनाएको छ ।

एस् एस् प्रो सफ्टवेयर प्रयोग गर्न https://pro.sharesansar.com मा गएर १ वर्षको सदस्यता लिन सकिने र जुनसुकै कम्प्युटर, ल्यापटप वा स्मार्टफोनबाट पनि प्रयोग गर्न सकिने कम्पनीले जानकार दिएको छ।

प्रकाशित: १३ भाद्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया