
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी सामसंगले बजेट स्मार्टफोन सामसंग ग्यालेक्सी जे २ कोर (Samsung Galaxy J2 Core) सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोयड ओरियो गो एडिसनको पहिलो स्मार्टफोनको रुपमा ग्यालेक्सी से २ लन्च गरेको हो ।
पहिलो पटक स्मार्टफोनमा अपग्रेड हुनेहरुका लागि ध्यानमा राखेर ल्याईएको यो इन्ट्रि लेभलको स्मार्टफोन मलेशिया र भारतीय बजारमा मात्र उपलब्ध हुनेछ । केहि समयपछि अन्य बजारमा समेत उपलब्ध हुने अनुमान छ ।
सामसंग ग्यालेक्सी जे २ कोर मा ५ इन्चको क्यूएचडी टिएफटी डिस्प्ले राखिएको छ भने यसमा १.४ गीगाहर्जको क्वाड कोर एग्नोज ७५७० प्रोसेसर राखिएको छ । ग्राफिक्सका लागि माली टी७२० एमपीई जीपीयू राखिएको छ ।
फोनमा ड्यूल सिम सपोर्ट छ भने फोरजी एलटिई, वाईफाई लगायतका फीचर छन् ।
सामसंग ग्यालेक्सी जे २ कोरमा १ जीबी र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, यसको स्टोरेजलाई माइक्रोएसडी कार्डद्धारा बढाउन पनि सकिन्छ ।
फोनमा फोटोग्राफीका लागि ८ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्रन्टमा ५ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । सेल्फी र पोट्रेट फोटोका लागि ब्यूटी मोड समेत उपलब्ध छ ।
फोनमा प्रयोगकर्ताको डाटा बचाउनका लागि अल्ट्रा डाटा सेभिंग फीचर पनि छ ।
फोन लन्च भएपनि यो फोनको मूल्य बारे सामसंगले जानकारी दिएको छैन् ।
सामसंगको ग्यालेक्सी जे टू कोर स्मार्टफोन नेपाली बजारमा पनि संभवत उपलब्ध हुनसक्नेछ ।
प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार