काठमाडौं ।
पलान्टिरका सीईयो एलेक्स कार्पका अनुसार भविष्यको रोजगारी बजारमा दुई प्रकारका व्यक्तिले बढी अवसर पाउने छन्। पहिलो व्यवहारिक र व्यवसायिक सीप भएका ब्यक्ति र दोस्रो फरक तरिकाले सोच्ने क्षमता भएका अर्थात न्युरोडाइभर्जेनट व्यक्ति हुनेछन्।
कार्पका अनुसार एआईले प्रशासनिक तथा कार्यलयको रोजगारीमा ठूलो प्रभाव पर्नेछ। इलेक्ट्रिसियन र प्लम्बर जस्ता प्राविधिकहरुको माग भने उच्च रहने छ।
एआई डाटा सेन्टरहरुको विस्तारसँगै भौतिक पूर्वाधार निर्माण तथा मर्मतमा ज्ञान हासिल गरेका कामदारहरुको आवश्यकता पनि बढ्दै गएको छ।
कार्पले न्युरोडाइभर्जेनट व्यक्तिहरुलाई पनि भविष्यको रोजगारी बजारमा फाइदा पुग्न सक्ने बताएका छन्। उनीहरुमा सामान्यतया अन्य व्यक्ति भन्दा बढी सोच्ने र समस्याको समाधान खोज्ने क्षमता भएकाले फाइदा पुग्न सक्ने उनको भनाई छ।
टेलिग्राफका अनुसार पलान्टिरले न्युरोडाइभर्जेन्ट व्यक्तिहरूका लागि न्युरोडाइभर्जेन्ट फेलोसिप नामक कार्यक्रमसमेत सञ्चालन गरेको छ। यस कार्यक्रमअन्तर्गत वार्षिक १ लाख १० हजारदेखि २ लाख डलरसम्म तलब उपलब्ध गराइनेछ।
एआईले बौद्धिक कामहरू समेत गर्न सक्ने क्षमता विस्तार गरिरहेका बेला भविष्यको रोजगारी बजारमा मानिसका कुन–कुन सीप र क्षमताको महत्त्व कायम रहला? भन्ने बारे कार्पको अनुमानले प्रश्न उत्पन्न गरेको छ।
प्रकाशित: १८ कार्तिक २०८३, बुधबार