
काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्मको प्रयोग हटाउने निर्णय गरेका छन्।
मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सिटी स्क्यानको शुल्कसमेत घटाउने निर्णय गरेका हुन्। मन्त्री प्रदीप पौडेल कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको बताए।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयमातहतका २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने जानकारी दिए। उनले स्वास्थ्यका लागि हानिकारक मानिने एक्सरे निर्णय हाल संघीय अस्पतालमा लागू गरिने फिल्मको प्रयोगमा भइरहेको ठूलो धनराशी खर्च र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमा एक्सरे, एमआरआई तथा सिटी स्क्यानको शुल्क घटाइने समेत विस्तार गर्ने मन्त्रालयको योजना छ।
हाल वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्याङ्क छ। यसै गरी कान्ति बाल अस्पतालमा करिब तीन करोड खर्च हुने गरेको छ। यो निर्णयले सक्नीय अस्पतालको वार्षिक करिब ५० करोड बजेट बचत हुने अनुमान गरिएको छ।
प्रवक्ता डा. बुढाथोकीले निजी र देशभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम बिदेसिनबाट रोकिने जानकारी दिए। उनले मन्त्रालयको यो निर्णयले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कम पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ८ कार्तिक २०८१, बिहीबार