मेटाले फेसबुक र इन्स्टाग्रामका लागि नयाँ सेफ्टी फिचरहरुको साथ फेसियल रिकग्निसन फिर्ता ल्याउँदै

  • Technology Khabar | ८ कार्तिक २०८१, बिहीबार
मेटाले फेसबुक र इन्स्टाग्रामका लागि नयाँ सेफ्टी फिचरहरुको साथ फेसियल रिकग्निसन फिर्ता ल्याउँदै

काठमाडौं ।

मेटाले फेसबुकको “फेस रिकग्निसन” प्रणाली बन्द गरेको तीन वर्षभन्दा बढी समयपछि आफ्नो एपहरूमा फेसियल रिकग्निसन टेक ल्याउने भएको छ। प्रविधिको विरूद्ध व्यापक प्रतिक्रियाको बीचमा मेटाले फेसियल रिकग्निसन टेक ल्याउन लागेको हो।

अब सामाजिक सञ्जालले फेसबुक र इन्स्टाग्राममा फेसियल रिकग्निसन टुल्सलाई स्क्याम विरुद्ध लड्न र आफ्नो खातामा पहुँच गुमाएका प्रयोगकर्ताहरूलाई मद्दत गर्न प्रयोग गर्न सुरु गर्ने कम्पनीले एक अपडेटमा बताएको छ।

पहिलो परीक्षणले सेलिब्रेटीहरू र अन्य सार्वजनिक व्यक्तित्वहरूको अनुहार प्रयोग गर्ने स्क्याम विज्ञापनहरू पत्ता लगाउन फेसियल रिकग्निसन प्रयोग गर्नेछ।

“यदि हाम्रा प्रणालीहरूलाई सेलेब–बाइटको जोखिम रहेको सार्वजनिक व्यक्तित्वको ईमेज समावेश रहेको विज्ञापन एक स्क्याम हुन सक्छ भन्ने शंका लागेमा हामी सार्वजनिक व्यक्तित्वको फेसबुक र इन्स्टाग्राम प्रोफाइल पिक्चर्सहरू विरुद्ध विज्ञापनमा अनुहारहरू तुलना गर्न फेसियल रिकग्निसन प्रविधि प्रयोग गर्ने प्रयास गर्नेछौं” मेटाले एक ब्लग पोस्टमा व्याख्या गरेको छ। “यदि कुनै मेलको पुष्टि भएर उक्त विज्ञापन एक स्क्याम (घोटाला) भएमा, हामी यसलाई रोक्नेछौं” मेटाले थप उल्लेख गरेको छ।

कम्पनीले सेलेब्स र सार्वजनिक व्यक्तित्वहरूको सानो समूहमा यो फिचर रोल आउट गर्न सुरु गरिसकेको र यसले “आउँदो हप्ताहरूमा” धेरै व्यक्तिहरूलाई स्वचालित रूपमा यस सुविधामा इनरोल गर्न थाल्नेछ। यद्यपि व्यक्तिहरूसँग यस संरक्षणबाट अप्ट आउट गर्ने क्षमता रहेको बताइएको छ।

मेटासँग सम्भावित स्क्याम (घोटाला) हरूका लागि विज्ञापनहरू समीक्षा गर्ने पहिले नै प्रणालीहरू रहेको भए तापनि धेरै वैध कम्पनीहरूले आफ्ना उत्पादनहरू मार्केट गर्न सेलिब्रेटीहरू र सार्वजनिक व्यक्तित्वहरू प्रयोग गर्ने भएकाले मेटाले सधैं “सेलेब–बाइट” विज्ञापनहरू समात्न सक्षम नभएको भनि मेटाको कन्टेन्ट पोलिसी (नीति) को भीपी मोनिका बिकर्टले एक ब्रीफिंगमा बताइन्। “यो एक वास्तविक समय प्रक्रिया हो” उनले नयाँ फेसियल रिकग्निसन सुविधाको बारेमा भनिन्। साथै “यो छिटो छ र यो म्यानुअल रिभ्यू भन्दा बढी सटीक छ” उनले थप उल्लेख गरिन्।

यस बाहेक, मेटाले फेसबुक र इन्स्टाग्राममा अर्को लामो समयदेखि चलिरहेको एकाउण्ट रिकभरीको मुद्दालाई सम्बोधन गर्न फेसियल रिकग्निसन टुल्सहरूको परीक्षण गरिरहेको छ। कम्पनीले नयाँ “भिडियो सेल्फी” अप्सनको साथ प्रयोग गरिरहेको छ र जसले प्रयोगकर्ताहरूलाई आफ्नै क्लिप अपलोड गर्न अनुमति दिनेछ भने प्रयोगकर्ताहरू आफ्नो खाताबाट लक्ड आउट भएपछि मेटाले यसलाई प्रयोगकर्ताहरूको प्रोफाइल फोटोहरूसँग मेल गर्नेछ। साथै कम्पनीले ह्याकरहरूलाई चोरी भएको प्रमाणहरू प्रयोग गरेर खाताहरू एक्सेस गर्नबाट रोक्नको लागि शंक्सापद खाता सम्झौताको अवस्थामा पनि यसलाई प्रयोग गर्नेछ।

यो टुल (उपकरण) ले फेसबुक वा इन्स्टाग्राम खातामा पहुँच गुमाउने सबैलाई मद्दत गर्न भने सक्षम हुनेछैन। उदाहरणका लागि, धेरै विजनेस पेज (व्यापार पृष्ठ) हरूमा कुनै एक व्यक्तिको प्रोफाइल फोटो समावेश नगर्ने भएकाले ती प्रयोगकर्ताहरूले मेटाको अवस्थित खाता रिकभरी विकल्पहरू प्रयोग गर्न आवश्यक पर्नेछ। नयाँ प्रक्रियाले खराब नियत भएकाहरूलाई कम्पनीको समर्थन उपकरणहरू खोल्न धेरै गाह्रो बनाउनेछ भन्दै “हाम्रो प्रणालीहरू बाइपास गर्ने प्रयासमा उनीहरूको लागि धेरै उच्च स्तरको कठिनाई हुनेछ” बिकर्टले थप उल्लेख गरिन्।

दुबै नयाँ फिचर्स (सुविधाहरू) को साथ मेटाले तुलनाको लागि प्रयोग गरिएको फेसियल डाटा “तुरुन्तै मेटाउने” र अर्को उद्देश्यको लागि स्क्यानहरू प्रयोग नगरिने बताएको छ। साथै कम्पनीले सुविधाहरूलाई वैकल्पिक पनि बनाइरहेको छ। यद्यपि सेलिब्रेटीहरूले स्क्याम (घोटाला) विज्ञापन सुरक्षाबाट अप्ट–आउट गर्नुपर्ने थप उल्लेख गरिएको छ।

विशेष गरी फेसियल रिकग्निसनको मेटाको इतिहास हेर्दा यसले गोपनीयता अधिवक्ताहरूबाट आलोचना खेप्न सक्ने छ। कम्पनीले पहिले स्वचालित फोटो–ट्यागिङलाई पावर गर्न टेक्नोलोजी प्रयोग गरेको थियो जसले कम्पनीलाई फोटो र भिडियोहरूमा प्रयोगकर्ताहरूको अनुहार स्वचालित रूपमा पहिचान गर्न अनुमति दिने इनग्याजेटले उल्लेख गरेको छ। मेटाले “बढ्दो सामाजिक सरोकार” लाई उद्धृत गर्दै १ अर्ब भन्दा बढी व्यक्तिको फेसियल डाटा मेटाउने क्रममा यो सुविधा सन् २०२१ मा बन्द गरिएको थियो। साथै टेकको प्रयोगलाई लिएर विशेष गरी टेक्सास र इलिनोइसबाट कम्पनी विरुद्ध मुद्दा दायर भएको छ। मेटाले इलिनोइस कानूनसँग सम्बन्धित मुद्दा सुल्झाउन ६५० मिलियन अमेरिकी डलर र टेक्सासमा समान मुद्दा समाधान गर्न १.४ बिलियन अमेरिकी डलर तिरेको छ।

त्यसैले यो नयाँ टुल(उपकरण) हरू उल्लेखनीय रुपमा सुरूवातमा इलिनोइस वा टेक्सासमा उपलब्ध हुने छैनन्। त्यसैगरी बिकर्टका अनुसार कम्पनीले युनाइटेड किङ्गडम र युरोपियन युनियनमा “नियामकहरूसँग कुराकानी गर्न जारी राखेको हुनाले” यो यस क्षेत्रमा पनि प्रयोगकर्ताहरूका लागि रोल आउट हुने छैन। यद्यपि कम्पनीले “सन् २०२५ मा विश्वव्यापी रूपमा यस प्रविधिलाई मापन गर्ने आशा राखेको छ” भनि मेटाका प्रवक्ताले उल्लेख गरेको इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: ८ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×