ताजा समाचार

आफ्नै रेस्टुरेन्टमा काम गर्ने महिलालाई जबर्जस्ती करणी गरेर भिडियो बनाएको आरोपमा एक जना पक्राऊ

आफ्नै रेस्टुरेन्टमा काम गर्ने महिलालाई जबर्जस्ती करणी गरेर भिडियो बनाएको आरोपमा एक जना पक्राऊ
सांकेतिक तस्विर
Global IME Bank

सप्तरीको राजबिराजमा महिलालाई बलात्कार गरेर भिडियो बनाएको आरोपमा एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ। यसरी पक्राऊ पर्नेमा राजविराज नगरपालिका-४, थानगाछी निवासी आकाश आदर्श रहेका छन्।

आफ्नै रेस्टुरेन्टमा काम गर्ने एक महिलालाई जबरजस्ती करणी गरी मोबाइलमा भिडियोसमेत बनाएको आरोपमा आकाशलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार रेस्टुरेन्टमा काम गर्ने एक महिला सन्चो नहुँदा आफ्नै कोठामा आराम गर्न गएकी थिइन्। २८ वर्षीय आदर्शले बाहिरबाट ढोका खोल्न लगाएर हातले मुख थुनेर विभिन्न किसिमको धाकधम्की दिँदै जबरजस्ती करणी गरेका थिए।

मोबाइलबाट यौन सम्पर्कको भिडियोसमेत बनाई सामाजिक सञ्जालमा भाइरल गरिदिन्छु भनी पटक पटक करणी प्रयास गरेको पीडित महिलाले प्रहरीसमक्ष उजुरीमा बताएकी छन्।

बनाएको भिडियो ती महिलाको ह्वाट्सएपमा समेत पठाएको पाइएको प्रहरीको भनाइ छ। आरोपितलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care