आईफोन १७ का विभिन्न भेरियन्टको विवरण बाहिरियो

Technology Khabar ५ कार्तिक २०८१, सोमबार

काठमाडौं ।

अर्को वर्ष सेप्टेम्बरमा लन्च हुने सम्भावना रहेको आईफोन १७ सिरिजका बारेमा नयाँ जानकारीहरु प्राप्त भएका छन्। एप्पलसँग सम्बन्धित जानकारीमा सामान्यतया विश्वासयोग्य स्रोत मानिने हाइतोङ इन्टरनेशनलका जेफ पु यसबारे हालै नयाँ नोटसहित फर्केका र उनकै माध्यमबाट यो नयाँ जानकारी बाहिर आएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो सिरिजको सबैभन्दा ठूलो नयाँ सदस्य आईफोन १७ स्लिम (वा एप्पलले यसको ट्याबलेटहरूमा प्रयोग गर्ने नामकरण अनुसार आईफोन १७ एयर) हुने बताइएको छ। यो मोडेलमा ए१९ चिप प्रयोग गरिनेछ भने प्रो मोडेलहरूमा ए१९ प्रो चिप रहनेछ। यसबाहेक यो मोडेलमा ८ जीबी र्याम रहने र यसले एप्पल इन्टेलिजेन्स सपोर्ट गर्नेछ।

यस फोनमा ४८ मेगापिक्सेलको सिंगल रियर क्यामरा र २४ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ। फेस आईडी सुविधा, एल्युमिनियम फ्रेम र ६.६ इन्चको डिस्प्ले हुने बुझिएको छ। पु का अनुसार यो मोडेलमा पूर्ण रूपमा नयाँ डिजाइन हुनेछ र यसले आईफोन प्लस मोडेललाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ।

आईफोन १७ प्रो र प्रो म्याक्सको बारेमा पनि चर्चा भएको जीएसएमएरिनाले उल्लेख गरेको छ। यी दुवै मोडेलमा पहिलेका जस्तै स्क्रिन साइज हुनेछ भने ए१९ प्रो चिप, १२ जीबी र्याम तथा४८मेगापिक्सेल टेलिफोटो क्यामेरार२४ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने बुझिएको छ। प्रो म्याक्स मा नयाँ फेस आईडी प्रणाली प्रयोग हुने भएकाले डाइनामिक आइल्याण्ड निकै साँघुरो हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

५ कार्तिक २०८१, सोमबार

‘End of an era’: MTV pulling plug on global music channels

५ कार्तिक २०८१, सोमबार

AI training for trekking agencies begins

५ कार्तिक २०८१, सोमबार