Technology Khabar ३ कार्तिक २०८१, शनिबार
काठमाडौं ।
गत हप्ताको प्रारम्भिक सूचीकरण पछि अनर एक्स७सी अब आधिकारिक रुपमा सार्वजनिक भएको छ।
डिभाइसमा एचडी+ रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटसहितको ६.७७–इन्चको टीएफटी एलसीडी समेटिएको छ। साथै उक्त प्यानल ८५०–निट्स पिक ब्राइटनेस रहेको छ भने अँध्यारो वातावरणमा यसले २–निट्स जति लो (कम) डायल गर्न सक्छ। त्यसैगरी यसमा ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा पञ्च–होल कटआउट भित्र राखिएको छ।
साथै सेल्फी शूटर वरपरको क्षेत्रले अनरको म्याजिक क्याप्सूल मार्फत नोटिफिकेसन (सूचना) हरू र सिस्टम स्ट्याटस् (प्रणालीको स्थिति) देखाउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
त्यसका साथै डिभाइसमा पानी र धुलो प्रतिरोधको लागि आईपी६४ रेटिङ, स्टेरियो स्पिकर्स र ३.५ एमएम हेडफोन ज्याक फिचर गरिएको छ।
अनर एक्स७सीमा क्वालकम स्न्यापड्रागन ४ जेन २ चिपसेटलाई ६/८जीबी र्याम र १२८/२५६जीबी स्टोरेजको साथ पेयर्ड गरिएको छ। डिभाइसमा पछाडि २ मेगापिक्सेलको डेफ्थ एसिस्टेन्टको साथ १०८ मेगापिक्सेलको मुख्य क्यामेरा समावेश गरिएको छ।
सफ्टवेयरतर्फ एन्ड्रोइड १४ मा आधारित म्याजिकओएस ८.० द्वारा कभर गरिएको छ भने डिभाइसमा ६,००० एमएएचको ब्याट्री रहेको छ। साथै उक्त ब्याट्रीले ३५ वाट चार्जिंङ समर्थन गर्दछ।
अनर एक्स७सी फरेस्ट ग्रीन, मिडनाइट ब्ल्याक र मुनलाइट ह्वाईट गरी तीनवटा रङ्गहरूमा उपलब्ध छ। साथै अजरबैजानमा डिभाइसको ६/१२८जीबी ट्रिमको लागि ३६० अजरबैजानी मनट (२१२ अमेरिकी डलर) र ८/२५६जीबी ट्रिमको लागि ४१० अजरबैजानी मनट (२४२ अमेरिकी डलर) मूल्य निर्धारण गरिएको छ। एक्स७सी आगामी हप्ताहरूमा थप देशहरूमा लन्च हुने आशा गरिएको छ।

प्रकाशित: ३ कार्तिक २०८१, शनिबार