Technology Khabar ४ कार्तिक २०८१, आईतवार
काठमाडौं ।
लीपमोटर र संयुक्त उद्यम साझेदार स्टेलान्टिसले पेरिस मोटर शोमा बी१० एसयूभी इलेक्ट्रिक भेहिकल प्रदर्शन गरेको छ। यो नयाँ ईभीको प्रारम्भिक मूल्य कथित रूपमा १४,००० अमेरिकी डलर र २१,००० अमेरिकी डलर बीच हुनेछ भने अमेरिकामा यस ईभीको उपलब्धताको बारेमा पुष्टि नभएको इनग्याजेटले उल्लेख गरेको छ।
यद्यपि यसले चिनियाँ अटोमेकर लीपमोटरको चीन बाहिरका बजारहरूमा भर्खरको आक्रमणलाई मार्क गारेको र यो ईभीको कम मूल्य ट्यागको कारणले गर्दा यस ईभीले विश्वव्यापी रूपमा राम्रो बिक्री गर्न सक्ने सम्भावना देखिएको छ।
लीपमोटरको पहिलो बी–सिरिज ईभी बी१० एसयूभीले कम्पनीको लीप ३.५ आर्किटेक्चर प्रयोग गरेको छ र जसले टेक–स्याभी ग्राहकहरूलाई लक्षित स्मार्ट फिचरहरू प्रदान गर्नेछ।
यद्यपि युरोपेली ग्राहकहरूमा पुग्नु अघि बी१० एसयूभी पहिले चीनमा उपलब्ध हुनेछ। सीएनईभीपोस्टले रिपोर्ट गरे अनुसार बी१० एसयूभीलाई १००,००० चिनियाँ युआन (१४,११० अमेरिकी डलर) देखि १५०,००० चिनियाँ युआन (२१,०७० अमेरिकी डलर) मूल्यमा बिक्री गरिनेछ।
चीन बाहिर लीपमोटर त्यति प्रसिद्ध ब्रान्ड नभए तापनि विश्वको चौथो ठूलो अटो निर्माता कम्पनी स्टेलान्टिसले यसलाई समर्थन गरिरहेको तथ्यले लीपमोटरलाई अझ बढी विश्वसनीय बनाएको छ।
कम्पनीले यसै वर्षको सेप्टेम्बर महिनामा युरोपेली बजारमा पहिलो पटक सवारीसाधन बिक्री गरेको छ भने १३ वटा देशमा २ सय डिलरहरू रहेका छन्। साथै युरोपेली बजारमा बिस्तारको सुरुवातको संकेतको रुपमा कम्पनीले सन् २०२५ को अन्त्य अघि युरोपेली डिलरहरूको संख्या ५ सय सम्म बढाउने योजना बनाएको छ।
प्रकाशित: ४ कार्तिक २०८१, आईतवार