क्यान महासंघका अध्यक्ष पोद्दार ‘विट्सा’ को कोषाध्यक्ष चयन

  • Technology Khabar | २० आश्विन २०८१, आईतवार
क्यान महासंघका अध्यक्ष पोद्दार ‘विट्सा’ को कोषाध्यक्ष चयन

काठमाडौं ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार World Innovation, Technology and Services Alliance (WITSA) ‘विट्सा’को कोषाध्यक्ष बनेका छन्।

पोद्दार विश्वका ८० वटा सूचना प्रविधि संस्थाहरुको अन्तराष्टिय संस्था WITSA ‘विट्सा’को कोषाध्यक्षमा नियुक्त भएका हुन्।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरन्जिवी अधिकारीका अनुसार WITSA (विट्सा) ले विश्वभरी सूचना प्रबिधिका क्षेत्रमा भएका नवीनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्दछ।

साथै नयाँ नयाँ प्रविधिका बारेमा खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ।

प्रकाशित: २० आश्विन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार