बाबा रामदेवको कम्पनी पतंजलिले पुन ल्यायो च्याटिंग एप किम्भो, ह्वाट्सएपलाई टक्कर दिने दाबी

  • Technology Khabar | ३० श्रावण २०७५, बुधबार
बाबा रामदेवको कम्पनी पतंजलिले पुन ल्यायो च्याटिंग एप किम्भो, ह्वाट्सएपलाई टक्कर दिने दाबी

काठमाडौं ।

काठमाडौं । बहुराष्ट्रिय भारतीय आयुर्वेद कम्पनी पतंजलिले यसअघि सार्वजनिक गरेको च्याटिंग एप किम्भो पुन प्ले स्टोरमा उपलब्ध भएको छ । सूचना प्रविधिको क्षेत्रमा नयाँ एप उपलब्ध गराएर कदम बढाएको कम्पनीले सो एप पहिलो पटक सार्वजनिक गर्दा न्यूनतम मापदण्ड पनि नपुर्याएको भन्दै तिब्र आलोचना भएको थियो ।

त्यसपछि कम्पनीले गूगलको प्ले स्टोरबाट हटाएर यसलाई अपग्रेड गरिने बताउँदै आएको थियो ।

हाल भने कम्पनीले अगस्त २७ तारिखदेखि गूगल प्ले स्टोर र आईओएस एप स्टोरमा उपलब्ध गराउने जानकारी दिएको छ ।

सार्वजनिकरुपमा अगस्त २७ देखि आउने भएपनि हाल पनि सो एप डाउनलोड गरेर प्रयोग गर्न सकिने पतंजलि योगपिठ हरिद्धारका को-फाउण्डर आचार्य बालकृष्णले ट्वीटमार्फत जानकारी दिए ।

सो एपमा यसअघिको सबै कमजोरीहरु हटाईएको र सुरक्षित बनाईएको कम्पनीले उल्लेख गरेको छ ।

केहि समयअघि पतंजलिले भारतीय बजारमा फेसबुकअन्तरगतको ह्वाट्सएपलाई टक्कर दिने गरि किम्भो एप ल्याएको थियो ।

प्रकाशित: ३० श्रावण २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...