मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी’ मिशन

  • Technology Khabar | १९ आश्विन २०८१, शनिबार
मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी’ मिशन

काठमाडौं ।

नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ। यो मिसनको महत्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ।

गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो।

प्रक्षेपण भएको लगभग एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको छ।

नासाका अनुसार यो उपलब्धी मानवले एक दिन लेजरको माध्यमबाट मंगल ग्रहमा र त्यहाँबाट पृथ्वीमा सुञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो। रासस / सिन्ह्वा

प्रकाशित: १९ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...