“स्काईवर्थ सपना सा कार” अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा

  • Technology Khabar | १९ आश्विन २०८१, शनिबार
“स्काईवर्थ सपना सा कार” अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा

काठमाडौं ।

केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले ल्याएको “स्काइवर्थ सपना सा कार” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ।

भाट–भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गर्नु भएकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सस प्रा लि ले माइक्रोवेभ उपहार जितेका छन्। श्रीमती नीता बरालका श्रीमान् पूर्णेन्दु बरालले उपहार प्राप्त गर्नुभएको थियो, जुन स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले हस्तान्तरण गरे।

साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नेछन्। साथै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४०% सम्मको छुटको मजा लिन सक्ने जनाएको छ।

यो योजना कार्तिक ३०, २०८१ सम्म लागु हुनेछ उल्लेख छ।

प्रकाशित: १९ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...