आर्टिफिसियल इन्टेलिजेन्स

ओपनएआईले परीक्षण गर्यो च्याटजीपीटीको लागि नयाँ इन्टरफेस ‘क्यानभास’

ओपनएआईले परीक्षण गर्यो च्याटजीपीटीको लागि नयाँ इन्टरफेस ‘क्यानभास’
Global IME Bank

ओपनएआईले च्याटजीपीटीको लागि नयाँ कार्यक्षेत्र इन्टरफेस क्यानभासको परीक्षण गरिरहेको छ। एआई कम्पनीले आफ्नो आधिकारिक ब्लगमा नयाँ च्याटजीपीटी वर्कस्पेसको अनावरण गरेको छ, र यो हाल च्याटजीपीटी प्लस र टिम प्रयोगकर्ताहरूका लागि उपलब्ध छ।

संस्थागत र शिक्षा क्षेत्रका प्रयोगकर्ताहरूले अर्को हप्ता क्यानभासपहुँच गर्न सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

क्यानभास एउटा भर्चुअल इन्टरफेस हो, जहाँ लेखन र कोडिङ परियोजनाहरूका लागि प्रयोगकर्ताहरूले आफ्नो कामको केही भागमा क्यानभास सँग सल्लाह गर्न सक्छन्।

मुख्य च्याट स्पेसको छेउमा छुट्टै विन्डो खुल्छ, र प्रयोगकर्ताहरू आफ्नो लेखन वा कोड नयाँ “क्यानभास” मा राख्न सक्छन् र त्यसको केही अंश हाइलाइट गरेर मोडेललाई त्यसमा ध्यान केन्द्रित गर्न र सम्पादन गर्न भन्न सक्छन्, ब्लग अनुसार यो कपी इडिटर वा कोड रिभ्युअर जस्तै काम गर्दछ।

क्यानभासलाई म्यानुअली खोल्नका लागि तपाईँले आफ्नो प्रम्प्टमा “युज क्यानभास ” लेख्न सक्नुहुन्छ। साथै, ब्लग पोस्ट अनुसार, क्यानभास स्वतः पनि खुल्न सक्छ जब यसले “यो उपयोगी हुनसक्ने स्थिति पत्ता लगाउँछ।”

लेखन र कोडिङ परियोजनाहरूका लागि थुप्रै सर्टकटहरू पनि उपलब्ध छन्। लेखन परियोजनामा, प्रयोगकर्ताहरूले सुझाव सम्पादनहरू, लम्बाइ समायोजनहरू, पढ्ने स्तर परिवर्तन, र इमोजीहरूको लागि च्याटजीपीटी लाई सोध्न सक्छन्।

कोडरहरूले निश्चित लाइनहरूको कोडको समीक्षा गर्न, स्पष्टता थप्नका लागि कमेन्ट र लगहरु थप्न, बगहरू सुधार गर्न, र कोडलाई जाभास्क्रिप्ट, टाइपस्क्रिप्ट, पाइथन, जाभा, सी‌‌++ वा पीएचपीमा पोर्ट गर्न क्यानभास मोडमा च्याटजीपीटीलाई प्रयोग गर्न सक्छन्।

ओपनएआईको क्यानभास सुविधाले च्याटजीपीटीलाई अन्य एआई सहायकोंसँग प्रतिस्पर्धी बनाएको छ, जसमा एन्थ्रोपिकको आर्टिफ्याक्ट्स र कोडिङ केन्द्रित एआई मोडेल कर्सरजस्ता परियोजनाका केही क्षेत्रमा ध्यान केन्द्रित गर्न छुट्टै कार्यक्षेत्र हुने समाचारमा जनाइएको छ।

Sajilo Visa
easy care