
काठमाडौं ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूको नियमित तथा आंशिक परीक्षा तालिका प्रकाशन गरेको छ।
परिषदले आज एक सूचना प्रकाशित गरी गत भदौ ११ गते गोरखापत्र दैनिकमा प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम परीक्षा आवेदन फाराम भरेका प्रि-डिप्लोमा तहका निजी, आंगिक, साझेदार तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका शिक्षालयहरूको विभिन्न १८ महिने कार्यक्रम अन्तर्गत (१२+६) २ (१५+३) महिना अवधिका कार्यक्रमहरूको आंशिक मात्र २४ महिने Apprenticeship कार्यक्रमहरू र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरूको नियमित तथा आंशिक परीक्षा तालिका निस्कासन गरिएको हो।
यसबाहेक परिषदले शैक्षिक सत्र २०७५/०७६ तथा २०७६ / ०७७ मा रजिस्ट्रेसन भई स्वास्थ्यतर्फ फेज आउट भएका विभिन्न कार्यक्रमहरूको विशेष मौका (आंशिक) परीक्षाको पनि तालिका प्रकाशन गरेको छ।
परीक्षा तालिका सम्बन्धी विस्तृत सूचना www.ctevtexam.org.np मा हेर्न सकिने परिषदले जनाएको छ ।
प्रकाशित: १६ आश्विन २०८१, बुधबार